Comments Add Comment

एट्लेटिकोलाई पछ्याउँदै रियल मड्रिड

१९ वैशाख, काठमाडौं । रियल मड्रिडले ओसासुनालाई २-० ले पराजित गर्दै स्पानिस ला लिगाको उपाधि होडमा आफ्नो दाबेदारी पनि पेश गरेको छ । यस जितपछि रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ ।

गएराति भएको खेलमा रियलले अन्तिम १४ मिनेटमा दुई गोल गरेको थियो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलका लागि ७६औं मिनेटमा एडर मिलिटाओ र कासेमिरोले ८०औं मिनेटमा गोल गरे ।

जितपछि रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ । समान खेलबाट शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ७१ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोनाले आज राति भ्यालेन्सियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

खच्चड जिन्दगी !

Advertisment