
२० वैशाख, धनगढी । कञ्चनपुरमा सोमबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको जानकारी दिइन् ।
उनकाअनुसार भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका-१० का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यसअघि कञ्चनपुरमा आइतबार राति दुई जना संक्रमितको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4