Comments Add Comment

कोरोना संक्रमितका लागि अस्पतालमा २० हजार बेड र १७ सय आईसीयू

२३ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ ।

त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक्सिजन प्लान्टबाट दैनिक २५ सय ४९ सिलिन्डर भर्न सकिने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि प्रयोग भइरहेको अक्सिजन सिलिन्डरको संख्या छ हजार २८८ रहेको र सामान्यतया दैनिक रुपमा अक्सिजन अपत १४११.५ लिटर रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिएका छन् ।

हेर्नुहोस् प्रधानमन्त्री कार्यालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment