+
+

स्पेनले भोलि चार्टर्ड विमानबाट स्वास्थ्य सामग्री पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १७:५०

५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि स्पेनले नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।

बिहीबार एक चार्टर्ड विमानमार्फत भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन कुराकानीमा स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयलाई सहयोगका लागि धन्यवाद दिए ।

टेलिफोन कुराकानीमा दुई देशको समग्र सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?