५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप फुटबलका लागि फिनल्याण्डको टिम घोषणा भएको छ । प्रशिक्षक माक्र्कु कानेर्भाले बुधबार २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
पहिलो पटक युरोकपमा छनोट भएको फिनल्याण्डको अन्तिम टोली जुन १ मा घोषणा गरिने त्यहाँको फुटबल संघले जनाएको छ ।
फिनल्याण्ड कुनै पनि ठूलो फुटबल प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो । टिममा इङ्ल्याण्डमा खेल्ने टिमु पुक्की फिनल्याण्डका सबैभन्दा चर्चित खेलाडीको रुपमा छन् । उनले खेल्ने नर्विच सिटी आगामी सिजनको लागि प्रिमियर लिगमा बढुवा भएको छ । पुक्कीले फिनल्याण्डलाई पहिलो पटक युरोकपको छनोट चरणमा १० गोल गरेका थिए ।
राष्ट्रिय टिममा ९० खेल खेलेका उनी फिनल्याण्डका लागि सर्वाधिक खेल खेल्नेमा छैटौं स्थानमा छन् । यस्तै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा रहेका पुकीले ३० गोल समेत गरेका छन् । फिनल्याण्डका लागि जारी लिटमनेनले सर्वाधिक १३७ खेल खेलेका छन् भने सर्वाधिक ३२ गोल गरेका छन् ।
२६ सदस्यीय फिनल्याण्डको टिम
गोलकिपर : लुकास ह्राडेकी, जेसे जोरोनेन, अन्सी जाकोला
डिफेण्डर : पाउलुस अराजुरी, जेरे युरोनेन, जुहानी ओजाला, थोमस लाम, अल्बिन ग्रानलुन्ड, साउली भाइसानेन, निकोलाई अल्हो, डानिएल ओ शाउघनेसी, निको हामालाइनेन, लिओ भाइसानेन, रोवर्ट इभानोभ
मिडफिल्डर : टिम स्पार्भ, रासमुस सुलर, ग्लेन कामरा, पाइरी सोइरी, जोनी काउको, फ्रेडरिक जेनसेन, ओन्नी भालाकारी, जासिन अमन असेहनाउन
फरवार्ड : टिमु पुक्की, जोएल पोहजानपालो, लासी लापालाइनेन, मार्कुस फोर्स
प्रतिक्रिया 4