+
+

एमाले नेता योग नारायण यादवको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते ८:१४

६ जेठ, काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले बतायो ।

यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।

एमाले नेता विष्णु रिजालले यादवको कोरोना संक्रमणबाट निधन भएको सामाजिक सन्जालमा लेखेका छन् ।

स्थानीय सुरेश यादवका अनुसार भने दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?