 
																			१३ जेठ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।
उनीहरु दुवैजनाले अवैध वित्तिय कारोबार (हुण्डी) गरिरहेका छन् भनेर सूचना आएपछि उनीहरुमाथि निगरानी गर्ने क्रममा बिहीबार बिहान २४ लाख रुपैयाँसहित जैसवाललाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए । पक्राउ परेका अर्का व्यक्ति गुप्ताको डेरामा खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको उनले बताए ।
स्रोत नखुलेको रकम सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको उनले बताए । उनीहरुविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4