+
+

आगामी वर्ष १ हजार ६२९ मेगावाट बिजुली थप हुने दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १८:०७

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने गरी माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट ११, सान्जेनका दुई आयोजनाबाट ५६, माथिल्लो त्रिशुली थ्रीबीबाट ३७, राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १०२ र निजी क्षेत्रका आयोजनाबाट १५५ गरी १ हजार ६२९ मेगावाट थप बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

बजेटले विभिन्न नयाँ जलविद्युत आयोजनाहरु निर्माण गर्ने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?