१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ सालको बजेट नहुने चुनावमा एमालेको घोषणा पत्र भएको प्रतिक्रिया दिएका छन् ।
ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै डा. भट्टराईले पपुलिज्ममा समेत खासै सिर्जनात्मकता नदेखिएको बताएका छन् । उनले भनेका छन् ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन ।’
बजेटले सिधासाधा मतदातालाई ललीपप बाँडेको पनि भट्टराईले बताए । ‘पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन । उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै कुरा एमालेले गोरखामा कुनै उमेदवार नपठाउने बुझियो’ उनले भने ।