+
+

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते ९:०८

२० जेठ, धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्ऽ चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जानकारी दिए ।

बालकले आगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?