+

‘फ्लाइङ सिख’ मिल्का सिंहको निधन

२०७८ असार  ५ गते ८:४१ २०७८ असार ५ गते ८:४१
‘फ्लाइङ सिख’ मिल्का सिंहको निधन

५ असार, काठमाडौं । फ्लाइङ सिखको उपनामबाट परिचित मिल्खा सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।

गत महिना उनलाई कोभिड-१९ संक्रमण भएको थियो । यही साता कोभिडकै कारण उनको श्रीमतीको पनि निधन भएको थियो ।

सिंहका छोरा जिभ मिल्खा सिंहले ‘बुबा अब रहनुभएन’ भनेर इन्डियन एक्सप्रेससँग भनेका छन् ।

सन् १९५८ को कमनवेल्थ गेम्स च्याम्पियन मिल्खाले सन् १९६० को रोम ओलम्पिकमा सहभागिता जनएका थिए ।

मे २० मा कोरोना संक्रमण भएपछि उनलाई मोहनीमा एक निजी हस्पिटलमा मे २४ मा भर्ना गरिएको थियो ।

एक सातापछि डिस्चार्ज भएका उनलाई अक्सिजन लेभलम घटेपछि जुन ३ मा नेहरु हस्पिटलमा भर्ना गरिएको थियो । उनको पछिल्लो कोभिड रिपोर्ट नेगटिभ आएको थियो ।

मिल्खाका ३ छोरी र १ छोरा छन् ।

मिल्खाले एसियन गेम्समा ४ स्वर्ण पदक जितेका छन् । उनले १९५८ मा २०० र ४०० मिटर तथा १९६२ मा ४०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।

मिल्खाको जीवनीमा आधारित रहेर ‘भाग मिल्खा भाग’ नामको चलचित्र समेत बनेको थियो । जसमा फरहान अख्तरले अभिनय गरेका थिए ।

मिल्का सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय