
काठमाडौं । विश्व नम्बर वान एस्लेघ बार्टीले पहिलो पटक विम्बलडन ग्राण्ड्सलामको उपाधि जितेकी छिन् ।
अष्ट्रेलियन बार्टीले चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई २-१ ले सेटमा हराएर च्याम्पियन बनेकी हुन् ।
२५ वर्षीय बार्टीले प्लिस्कोभालाई ६-३, ६-७, ६-३ ले पराजित गरिन् ।
बार्टीले विम्बलडन जित्ने ४१ वर्षमा पहिलो अष्ट्रेलियन महिला खेलाडीसमेत बनेकी छिन् ।
उनको यो दोस्रो ग्राण्ड्सलाम उपाधि हो । यसअघि उनले सन् २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4