Comments Add Comment

मेसी र नेमार कोपाको बेस्ट प्लेअर

२७ असार काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् ।

दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।

‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ कन्मेबोलले स्टेटमेन्टमा भनेको छ ।

अर्जेन्टिनालाई २८ वर्षपछि ठूलो उपाधि दिलाउन मेसीले यस पटक उत्कृष्ट प्रदर्शन गरे । आइतबार बिहान सम्पन्न फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ

माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे ।

यो पनि पढ्नुहोस मेसी कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्ता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment