+

साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति

२०७८ साउन  ८ गते १८:३२ २०७८ साउन ८ गते १८:३२
साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति

८ साउन, काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिप अक्टोबरमा हुने भएको छ । साफले शुक्रबार सदस्य राष्ट्रको फुटबल संघसँग गरेको जुम बैठकले अक्टोबरको सुरुमा साफ आयोजना गर्ने सहमति जनाएको हो ।

यसअघि सेप्टेम्बर १४ देखि २४ सम्म बंगलादेशमा हुने भनिएको साफ विभिन्न कारणले गर्दा तोकिएको समयमै हुनेमा शंका बढिरहेको थियो । यसअघिको बैठकले अगष्ट ३१ देखि सेप्टेम्बर ८ सम्म साफ च्याम्पियनसिपको नयाँ मिति प्रस्ताव गरेको थियो । तर पछिल्लो बैठकले भने अक्टोबरमा गर्ने सहमति गरेको हो ।

आयोजक बंगलादेशले साफ च्याम्पियनसिप आयोजना गर्ने अन्तिम निर्णय गर्न नसक्दा कसले आयोजना गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । यसअघि नै नेपालले साफ आयोजनाका गर्ने इच्छा व्यक्त गरिसकेको छ । पछिल्लो बैठकमा नेपालसँगै भारत र माल्दिभ्सले पनि साफ आयोजनाको लागि चासो देखाएको साफले जनाएको छ । साफको अनुसार अगष्ट पहिलो साता आयोजकको टुङ्गो लाग्ने छ ।

साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय