चीनकी याङले जितिन् टोकियो ओलम्पिकको पहिलो स्वर्ण
२०७८ साउन ९ गते ९:११
९ साउन, काठमाडौं । चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् ।
२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् ।
चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । गालासिनाले १५१.१ स्कोर गरेकी थिइन् ।
पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।
यसै स्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिइन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4