१२ साउन, काठमाडौं । फर्नान्डो टोरेस एट्लेटिको मड्रिडको यू्-१९ टिमको प्रशिक्षक बनेका छन् । यसअघि उनले खेलाडी भएर एट्लेटिकोका लागि खेलेका थिए । यस पटक उनी फरक जिम्मेवारीसहित स्पेनिस क्लबमा फर्किएका छन् ।
पहिलो ट्रेनिङ सेसनपछि उनले घरमा फर्कन पाएकोमा गर्व गरे । उनले आफूले खेलेको र कप्तानी गरेको क्लबमा फर्कंदा खुशी लागेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । ‘घरमा फर्कंदा खुशी र गौरवान्वित छुु,’ उनले लेखेका छन्, ‘अब नयाँ चुनौतीको सामना गर्दैछु र प्रिय एट्लेटिकोमा निरन्तरता दिने तरिकाले सेवा गर्नेछु ।’
अब टोरेसको मुख्य काम ला लिगा च्याम्पियन टिमको एकेडेमीमा सुधार गर्नु रहनेछ । टोरेसले सन् २००१ देखि २००७ सम्म एट्लेटिकोका लागि खेलेका थिए । त्यसपछि प्रिमियर लिगमा लिभरपुल र चेल्सीका लागि खेलेका उनी इटालियन क्लब एसी मिलान पुगे ।
सन् २०१५ मा लोनमा एट्लेटिको फर्केका उनले २०१६ देखि २०१८ सम्म स्थायी रुपमै खेले । त्यसपछि उनले जापानिज क्लब सागन तोसुबाट खेलेका थिए ।
प्रतिक्रिया 4