+
+

माधव नेपाल पक्षीय युवा संघले स्थानीय तहसम्म पीभी गठन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १५:२०

२२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल निकट युवा संघ नेपालले केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ । नेपाल निकट युवा संघको केन्द्रीय पदाधिकारी बैठकले यही साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष नरेशकुमार शाहीले शुक्रबार प्रेस विज्ञप्ति मार्फत केन्द्रीय पदाधिकारी बैठकका निर्णय सार्वजनिक गर्दै भनेका छन्, ‘….सिंगो समाज दूषित बन्दैछ भने राजनीति र राजनीतिक कार्यकर्ताप्रति नकारात्मक धारणा विकास भइरहेको छ । यसको विरुद्ध पिपुल्स भोलेन्टियर परिचालन गर्ने निर्णय गरिएको छ ।’

पीभीलाई शिक्षा, स्वास्थ्य, सुशासन, वातावरण संरक्षण, उद्धार तथा राहतको कार्यमा परिचालन गरिने युवा संघले जनाएको छ ।

पदाधिकारी बैठकले पार्टीभित्र देखिएका समस्या र अन्तरसंघर्ष अध्यक्ष केपी शर्मा ओलीको व्यवहार र शैलीका कारण उत्पन्न भएको समेत निष्कर्ष निकालेको छ । यस्तै सबै नागरिकलाई छिटो र सहज रुपमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन पनि नेपाल निकट युवा संघले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?