
२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरे ?
‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने ।
यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका कुलमानलाई सरकारले गत सोमबार पुन: विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4