+

गाेलकिपर किरणलाई प्लेअर अफ दि सिजन अवार्ड

२०७८ साउन  २८ गते २१:०४ २०७८ साउन २८ गते २१:०४
गाेलकिपर किरणलाई प्लेअर अफ दि सिजन अवार्ड

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड अन्तर्गत अर्काे अवार्ड जितेका छन् ।

नेपाली टिमका कप्तान समेत रहेका किरणले आई लिग फ्यान सिजन अवार्डमा प्लेखर अफ दि सिजन अवार्ड जितेका हुन् । उनले गत सिजन राउण्ड ग्लास पञ्जाबाट लिग खेलेका थिए ।

किरणले यसअघि आई लिगमा गाेलकिपर अफ दि सिजन र फ्यान अवार्ड अन्तर्गत पनि गाेलकिपर अफ दि सिजन अवार्ड जितेका थिए ।

भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले बुधबार चेम्जोङले अवार्ड जितेको जनाएको छ । किरणले पञ्जाबका लागि कूल १४ खेल खेल्दा ७ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले ५६ सट रोकेका थिए ।

किरण आइ लिगमा उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए । जसबापत उनले २ लाख ५० हजार पुरस्कार समेत पाएका थिए ।

किरण चेम्जोङ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय