Comments Add Comment

अन्तर्वार्ता

List Grid
‘शुद्धीकरण थाल्दा म्यानपावर व्यवसायीको घेराबन्दीमा छु’

१६ माघ, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा ठगीको महामारी छ । कोरोना महामारी साम्य हुँदै गर्दा विदेश जाने श्रमिक जति बढ्दैछन्, त्यतिकै श्रमिकमाथिको ठगी र शोषण बढ्दो छ । कतार प्रहरीमा अवैध नेपाली लैजान खोजिएकोदेखि भिजिट भिसामा श्रमिकलाई यूएई लैजानेसम्मका अवैध गतिविधि मौलाएपछि अनुगमन पनि बढाएको वैदेशिक रोजगार विभागको दाबी छ । विभागका अनुसार महामारीमा […]

‘राजनीतिक नेतृत्वको बेइमानीले हामी यहाँ आइपुगेका छौं’

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे संवैधानिक र कानुनी कोणबाट धेरै चर्चापरिचर्चा भइसकेको छ । नेकपा ओली समूहका बाहेक अरूले यसलाई संवैधानिक भनेका छैनन् । संवैधानिक, कानुनी र राजनीतिक क्षेत्रका स्वतन्त्र विश्लेषकहरुले घामजस्तै छर्लङ्ग असंवैधानिक कदम भनेका छन् । त्यसो भए संसद विघटन नितान्त संवैधानिक प्रश्न हो त ? यो […]

यो जग्गा खिचोलाको मुद्दा होइन, संविधान त टेक्नैपर्छ

२३ पुस, काठमाडौं । संविधानमा निर्माणमा सुरूदेखि जोडिएको थोरै संविधानविद् मध्ये एक हुन्, डा. विपीन अधिकारी । त्यतिबेला उनी प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिनुपर्ने पक्षमा उभिएका थिए । देशको कार्यकारी प्रमुख रुझेको बिरालो जस्तो म्याउँ–म्याउँ गर्ने अवस्थामा नपुगुन् भनेर आफूले संविधान बनाउने वेलामा प्रधानमन्त्रीलाई संसद भंग गर्ने प्रावधान राखौं भनेर लबिङ गरेको स्मरण गर्दै उनी […]

‘बंगलादेश ऊर्जाको भोको देश हो, नेपाल स्रोत मुलुक बन्न सक्छ’

२० मंसिर, काठमाडौं । नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्दिन नोमन चौधरीले बिहीबारदेखि औपचारिकरुपमा कार्यभार सम्हालेका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएका छन् । नवनियुक्त राजदूत चौधरीसँग दक्षिण एसियाली मुलुकहरुमा काम गरेको लामो अनुभव छ । यस अगाडि उनले नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग र पाकिस्तानमा पनि काम गरेका छन् । […]

‘आयोग अलिकति दायाँ–बायाँ हुन सक्छ, मूल्य–मान्यता छोड्न सक्तैन’

१७ कात्तिक, काठमाडौं । बुबाको हात समातेर २०४३ सालमा पहिलो पटक काठमाडौं टेकेकी मोहना अन्सारी कालान्तरमा सुपरिचित अधिकारकर्मी बन्न पुगिन् । नेपालगञ्जमा जन्मेकी उनी २०६७ सालदेखि निरन्तर काठमाडौंमा बस्दै आएकी छन् । अधिकारकर्मी शान्ता थपलियासँगको भेटपछि उनी कानुन पढ्न लागिन् । मुस्लिम समुदायको सम्भवतः पहिलो महिला कानुन व्यावसायी बन्न सफल भइन् । उनले ४ वर्ष […]

‘मानवअधिकार उल्लंघनकर्ताको कान समाउने अधिकार आयोगलाई दिऔं ’

४ कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको ६ वर्षे कार्यकाल २ कात्तिकमा पूरा भएको छ । शर्माको टिमले जाँदाजाँदै २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गर्यो । पूर्वसचिव, पूर्वप्रधानसेनापति, पूर्वप्रहरी महानिरीक्षकलगायतको नाम मानव अधिकार उल्लंघनकर्तामा दरिएका छन् । शर्माको कार्यकालमा मानव अधिकार आयोगसम्बन्धी विधेयक पनि निकै चर्चाको विषय […]

‘खोकनाका जनता विकास विरोधी होइनन्, खाली जग्गा देख्नै नहुने सरकारै दोषी’

१ साउन, काठमाडौं । काठमाडौं तराई मधेस द्रुतमार्ग, बाहिरी चक्रपथ, बागमती करिडोरलगायतका परियोजनाहरूले आफूहरूलाई उठिबास लगाएको भन्दै खोकना र बुङमतीवासी आन्दोलित छन् । २० असारमा धान रोपाइँका क्रममा स्थानीय र प्रहरीबीचको झडपमा दुवै पक्षका केही व्यक्तिहरू घाइते भए । स्थानीयले आगामी शनिबार पनि धान रोपाइँ गर्ने बताएका छन् । वडा कार्यालयमा तालाबन्दी, माइतीघरमा प्रदर्शन, धर्ना […]