Comments Add Comment

एनएसएल

List Grid
एनएसएल फाइनल प्रिभ्यु : धनगढीविरुद्ध बदला लिँदै उपाधि जित्ने काठमाडौंको लक्ष्य

१ जेठ, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिवार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिवार फाइनल खेल हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ […]

एनएसएल फाइनल : धनगढीविरुद्ध बदला लिने काठमाडौंको लक्ष्य

३१ वैशाख, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिबार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिबार फाइनल खेल हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतिगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा […]

विदेशी खेलाडी चम्किएपछि काठमाडौं एनएसएलको फाइनलमा

३० वैशाख, काठमाडौं । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनपछि ललितपुर सिटी एफसीलाई ३-० ले पराजित गर्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंका लागि मेसोउके ओलोमोउले दुई तथा स्टेफेन विनोङ समिरले एक गोल गरे । पहिलो संस्करणको एनएसएको उपाधिका लागि काठमाडौंले धनगढी एफसीसंग फाइनल भेट पनि […]

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै

२९ वैशाख, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा […]

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी फाइनलमा

२८ वैशाख, काठमाडौं । काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै धनगढीले पुनरागमन जित हात पारेको हो । धनगढीका लागि मार्की प्लेअर विशाल राईले अतिरिक्त समयमा विजयी गोल गरे । त्यसअघि लिग चरणमा पनि […]

एनएसएल प्लेअफ आजदेखि, काठमाडौं र धनगढी भिड्दै

२८ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेलआजदेखि हुँदैछ । प्लेअफको पहिलो खेलमा लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी भिडदैछन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।  । काठमाडौं र धनगढीबीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर […]

धनगढी, काठमाडौं, ललितपुर र बुटवल लुम्बिनी एनएसएलको प्लेअफमा

२६ वैशाख, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिगको प्लेअफ समीकरण पूरा भएको छ । शनिबार भएको लिग चरणका दुई खेलपछि शीर्ष चारमा रहने टोलीको टुंगो लागेको हो । धनगढी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्लेअफ पुगेका छन् । पोखरा थण्डर्स, विराटनगर सिटी एफसी र एफसी […]

धनगढी एनएसएलको प्लेअफमा

२२ वैशाख, काठमाडौं । पोखरा थण्डर्सलाई पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसल) को प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा वैकल्पिक खेलाडी दर्शन गुरुङको निर्णायक गोलको मद्दतमा धनगढीले पोखरालाई १-० ले पराजित गरेको हो । जितपछि ५ खेलबाट १० अंक जोडेको धनगढी अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । धनगढीले अब लिगमा […]

विराटनगर एनएसएलको शीर्ष स्थानमा, चितवन अझै जितविहीन

२० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबार एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ । लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर हेड टु हेड र गोलअन्तर दुवैमा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । यस जितपछि विराटनगरले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने समभावना […]

ललितपुरका प्रशिक्षक प्रदीप पदमुक्त, बाँकी खेल राजु तामाङले हेर्ने

२० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक प्रदीप हुमागाँईलाई पदमुक्त गरेको छ । एनएसएलमा चार खेलसम्म जितविहीन बनेपछि ललितपुरले हुमागाँईलाई हटाएको हो । ललितपुरले सोमबार स्टेटमेन्ट जारी गर्दै उनलाई पदमुक्त गरेको जानकारी गराएको छ । आइतबार पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिएपछि ललितपुरले चार खेलसम्म जित हात पार्न सकेको […]

एनएसएलमा ललितपुर चार खेलसम्म जितविहीन

१९ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा आइतबार पोखरा थण्डर्ससंग गोलरहित बराबरी खेलेपछि शीर्ष चारमा पर्ने अभियानमा धक्का लागेको छ । लिगको उद्घाटन खेलमै काठमाडौं रेजर्ससंग १-० ले पराजित भएपछि ललितपुरले खेलेको यो लगातार तेस्रो बराबरी हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरले गोल गर्ने अवसर पाएपनि फिनिसिङमा चुक्दा जितबाट […]

एनएसएलमा काठमाडौं र पोखराबीच गोलरहित बराबरी

१७ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि उपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलको यो पहिलो गोलविहीन खेल हो । दुवै […]

एनएसएल : इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्दै चितवनले ललितपुरसँग अंक खोस्यो

१३ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा पहिलो जितका लागि अझै कुर्नुपर्ने भएको छ । लिग अन्तर्गत आइतबार भएको खेलमा ललितपुरले एफसी चितवनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । यसअघि पहिलो खेलमा ललितपुर काठमाडौं रेजर्ससंग पराजित भएको थियो । अमित तामाङले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि चितवनले ललितपुरसँग अंक खोसेको […]

एनएसएलमा बुटवल लुम्बिनीको विजयी सुरुवात

१२ वैशाख, काठमाडौं । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० ले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि विदेशी खेलाडी अर्मान्ड बेउडुमले एक गोल गरे । पोखराले एक आत्मघाती गोल बुटवललाई उपहार […]

एनएसएलमा विराटनगरले धनगढीलाई ३-० गोलले हरायो

१२ वैशाख, काठमाडौं । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीमाथि शानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा विराटनगरले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बलियो मानिएका दुई टोलीबीचको खेलमा विराटनगर अब्बल देखियो । धनगढीले किरणलाई आइकोनिक प्लेयर र […]

एनएसएलमा काठमाडौंको सुखद शुरुवात

११ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो । काठमाडौंको जितमा विदेशी खेलाडी स्टेफन समिरले निर्णायक गोल गरे । […]

एनएसएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

१० वैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल शनिबार साँझ ५:३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच खेलसंगै नेपालमा फ्रेन्चाइज फुटबलको नयाँ सुरुवात हुनेछ । तर कोभिड-१९ को बढ्दो संक्रमणका कारण खेल क्लोज […]

एनएसएलमा धनगढी एफसीको कप्तानी किरणले गर्ने

१० वैशाख, काठमाडौं । शनिवारदेखि सुरू हुने नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणले धनगढीको नेतृत्व गर्ने धनगढी एफसीले विज्ञप्ति मार्फत जनाएको छ । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले यसअघि किरणलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको थियो र किरणलाई टिमको कप्तानी दिइएको […]

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

९ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक […]

एनएसएल : एफसी चितवनले भित्र्यायो फ्रेन्च-सर्बियन खेलाडी गोरन जेर्भिक

५ वैशाख, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले युरोपियन खेलाडीलाई भित्र्याएको छ। चितवनले फ्रेन्च-सर्बियन खेलाडी गोरन जेर्भिकलाई अनुबन्ध गरेको छ । गोरनलाई नेपालमा स्वागत गरेको फोटो चितवनले आफ्नो सामाजिक सञ्जालमा राखेको छ। यसअघि नै चितवनले इजिप्टका दुई खेलाडी अहमेद मोहम्मेद […]

ओलावाले आफिज धनगढी एफसीमा अनुबन्धित

२ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले अफ्रिकन खेलाडी आफिज ओलावालेलाई अनुबन्ध गरेको छ । धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ । नाइजेरियन फरवार्ड ओलावाले बिहीबारै नेपाल आइपुगेका छन् । धनगढीले बिहीबार नै नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्धन गरेको छ । किरण […]