+

एनएसएल : चितवनको अपराजित यात्रा ब्रेक गर्दै ललितपुर सिटी शीर्ष स्थानमा

२०८१ चैत  २८ गते २०:३५ २०८१ चैत २८ गते २०:३५
एनएसएल : चितवनको अपराजित यात्रा ब्रेक गर्दै ललितपुर सिटी शीर्ष स्थानमा

२८ चैत, काठमाडौं। मणि कुमार लामाको एक गोल र असिस्टमा एफसी चितवनलाई २-१ ले पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को शीर्ष स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मिडफिल्डर मणि चम्किए । उनले पहिलो गोलका लागि असिस्ट गर्दा दोस्रो गोल आफैँ गरे ।

यस सिजन दोस्रो जितपछि ललितपुर चितवनलाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । ललितपुरले ४ खेलबाट ८ अंक जोडेको छ । पहिलो हार व्यहोरेको चितवन ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

खेलको तेस्रो मिनेटमै इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रिकिकमा हेड मार्फत गोल गरे ।

सुरुमै गोल खाएपछि चितवन बराबरी गोल फर्काउन संघर्ष गरिरहेको थियो । चितवनका लागि भिक्टोर मानसारले ७४औ मिनेटमा बराबरी गोल फर्काए । तर चितवनको बराबरीको खुशी लामो समय टिकेन।

मणि लामाले ८०औं मिनेटमा गोल गरेपछि ललितपुरले फेरि अग्रता बनायो । ललितपुर यस सिजन लगातार चार खेलमा अपराजित रहेको छ ।

एनएसएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय