Comments Add Comment

जनकपुरधाम

List Grid
कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई आग्रह

२६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारको मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई अनुरोध गरेको छ । अस्पतालले कोरोना संक्रमितलाई खाना खुवाइदिन भन्दै मारबाडी युवा मञ्‍चलाई अनुरोध गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शनिबार मंचलाई पत्राचार गर्दै कोरोना बिरामीहरुको लागि खानाको व्यवस्था मिलाई सहयोग गरिदिन हुन अनुरोध […]

जनकपुरधाम प्रादेशिक अस्पतालमा ८ भेन्टिलेटर जडान

२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ । काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले प्राविधिकहरुले भेन्टिलेटर जडान गरेर परीक्षण गरिरहेको बताए । यो अस्पतालमा यसअघि भएको ५ वटै भेन्टिलेटर […]

प्रादेशिक अस्पतालको सबै बेड भरियो, भेन्टिलेटर बिग्रियो

२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. मनिष पाण्डेले कोरोना संक्रमितका लागि बेड थप्ने तयारी भइरहेको जानकारी दिए । बेड थोरै भएकाले रगतमा अक्सिजनको मात्रा […]

जनकपुरधाममा बोराभित्र पुरुषको शव भेटियो

२१ वैशाख, जनकपुरधाम । जनकपुरधाममा एक पुरुषको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले […]

पुरानो मदरसा भत्काउने क्रममा च्यापिएर मजदूरको मृत्यु

१३ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा पुरानो मदरसा भत्काउने क्रममा एकजना मजदूरको च्यापिएर मृत्यु भएको छ । सम्सी गाउँपालिका २ पर्सास्थित पुरानो मदरसा भत्काउने क्रममा मजदूर स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार पुरानो मदरसा भत्काउने क्रममा खसेको भवनमै च्यापिएर उनको घटनास्थमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले […]

प्रदेश-२ मा मास्क नलगाउनेसँग ३ लाख ५२ हजार राजस्व संकलन

१२ वैशाख, जनकपुरधाम। कोरोनाको दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि खटेको प्रहरीले प्रदेश-२ बाट मास्क नलगाउने ३ हजार भन्दा बढी व्यक्तिसँग जरिवाना संकलन गरेको छ । प्रदेशको ८ वटै जिल्लाबाट मास्क नलगाउने ३ हजार ५ सय २४ जनालाई रु. १ सयका दरले जरिवाना तिराइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । उनीहरुलाई संक्रामक रोग निवारण […]

जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा तोडफोड

१२ वैशाख, जनकपुरधाम । बिरामीको मृत्युको विषयलाई लिएर आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ । धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको समूहले  हस्पिटलमा तोडफोड गरेको हो । घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा […]

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्नु हुँदैन : नेता नेपाल

३० चैत, जनकपुर । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै […]

परिक्रमा : आस्थाको अद्भुत संगम

एक जना मित्रले प्रश्न गरे– तपाईं अध्यात्मलाई कसरी लिनुहुन्छ ? विना कुनै हिच्किचाहट मैले भनें– यो मेरो जीवन र आस्थासँग जोडिएको विषय हो । जीवनमा आउने सुखद् वा दुःखद् क्षणमा यो मसँगै टाँसिएर बस्छ । आफ्ना आराध्यदेवप्रतिको यो आस्थाले मलाई केही गर्न निरन्तर उत्प्रेरित गर्दछ । मनलाई शान्ति प्रदान गर्छ । हो, आफ्नो आस्थास्वरुप मानिस […]

‘एसिड हान्ने श्रीमानलाई हत्कडी लगाएर बजार घुमाउन मन छ’

२० फागुन, जनकपुरधाम । गत दीपावलीको दिन आरती साह जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित आफ्नो डेरा सरसफाइ गरिरहेकी थिइन् । साँझ तीन बर्षीया छोरीसँगै दीप जलाउने र मिठा परिकार खाने योजना थियो उनको । तर सफाइ गरिरहेकै बेला उनको त्यो सपना मात्र उडेन, जीवनभरकै लागि तनाव नै थपियो । आफ्नै श्रीमानले छ्यापेको एसिडले उनको अनुहार, छाती, […]

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपको क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको बन्दको क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई […]

जनकनन्दनीका वडा अध्यक्षको निधन

९ माघ, जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन […]

एसिड पीडित भन्छिन् : पहिला पनि करेन्ट र मट्टितेल खन्याएका थिए

३० कात्तिक, जनकपुरधाम । २१ वर्षीया आरती साहलाई यसपटक दीपावलीको रमझमले छोएन । जनकपुर स्थायी घर भएकी उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको आधा भाग चलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ । आमा–छोरीलाई यो अवस्थामा पुर्‍याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम खाएका […]

धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो स्मार्ट लाइसेन्स

१३ कात्तिक, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर […]

धनुषामा कोरोना संक्रमित महिलाको मृत्यु

८ कात्तिक, जनकपुरधाम । कोरोना संक्रमण पुष्टि भएर धनुषामा थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ज्वरो आएर सास लिन कठिनाइ भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । उनको शुक्रबारै […]

जनकपुरमा नवजात शिशुको शव भेटियो

९ असोज, जनकपुरधाम । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका […]

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे […]

जनकपुरमा बेड छैन, बाटैमा जान्छ कोरोना संक्रमितको प्राण

८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे । परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना […]

संक्रमितको ज्वरो नाप्न सफाइ कर्मचारी आइसोलेसनमा गएपछि…

७ भदौ, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् । केहीको ज्वरो नाप्छन् पनि उनी । तर, एक जनाले उनलाई चिन्छन् । उनी कुनै चिकित्सक […]

प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुखले फिर्ता पठाए

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुख तिलक परियारले फिर्ता पठाएका छन् । प्रदेशसभाबाट १३ असारमा पारित भएको विधेयक प्रमाणीकरणका लागि पठाएको करिब दुई महिनापछि प्रदेश प्रमुख कार्यालयले फिर्ता पठाएको छ । प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत गोकुल भुजेलले विधेयक अनौपचारिक रुपमा फिर्ता पठाइएको बताए । ‘विधेयकमा […]

जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

२८ साउन, जनकपुरधाम । जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । जनकपुरधाममै […]