Comments Add Comment

नेपाल क्रिकेट संघ

List Grid
के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?

१८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् । डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका […]

क्यानले बनायो क्रिकेट समिति र छनोट समिति

१७ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई नयाँ समिति निर्माण गरेको छ । यही मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले क्रिकेट समिति र छनोट समिति निर्माण गरेको क्यानले बुधबार विज्ञप्तीमार्फत जनाएको छ । क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजकत्वमा छनोट समिति निर्माण […]

क्यानको जनरल म्यानेजरका लागि ७ जनासँग अन्तर्वार्ता

७ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजरको लागि अन्तर्वार्ता लिएको छ । क्यानले आइतबार अन्तिम छनोटमा परेका ७ क्रिकेट म्यानेजरले अन्तर्वार्ता लिएको जनाएको छ । जनरल म्यानेजरका लागि आवेदन परेका ४५ जनाबाट दोस्रो चरणमा २० जनाको नाम सर्टलिस्ट गर्दै बाट अन्तिम चरणमा ७ जनासँग अन्तर्वार्ताका लिएको क्यानले जनाएको छ । क्यानले […]

राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा हतकर

मंसिर १० गतेदेखि सुरु हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिटनेस ट्रेनर नियुक्त गरेको छ । क्यानले भारतीय आशय हतकरलाई फिटनेस ट्रेनरको रुपमा नियुक्त गरेको हो । हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचको जिम्मवारी निभाइसकेका छन् । फिटनेस क्षेत्रमा उनको १२ […]

नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव

३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई  दिने प्रस्ताव गरेको छ । क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको […]

क्रिकेट टिमको प्रमुख प्रशिक्षक र म्यानेजरको अन्तर्वार्ता तिहारअघि नै

२८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता तिहार अघि नै गर्ने निर्णय गरेको छ । अनलाइनमार्फत बसेको क्यान बोर्ड बैठकले दुई मुख्य पदको अन्तर्वार्ता तिहारअघि र बाँकी पदहरुको लागि तिहारपछि गर्ने निर्णय गरेको हो । क्यानले मुख्य प्रशिक्षक क्रिकेट म्यानेजर वित्त म्यानेजर र सातै […]

क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

१५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको क्यानले पुष्टि गरेको छ । चन्द र प्याकुरेल पछिल्लो हप्ता चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी भएर फर्किएका थिए । संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको क्यानले […]

क्यानले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

७ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । मंगलबार चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरी मंसिरमा महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता (पीएम कप) गर्ने निर्णय गरेको हो । यस्तै बैठकले २०२० डिसेम्बरमा आइसीसीसँग समन्वय गर्दै मैत्रीपूर्ण […]

नेपाल क्रिकेट संघको साधारणसभा असोज २८ गते

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ । क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले साधारण सभा २८ गते गर्ने निर्णय गरेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिने र सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । बैठकले राष्ट्रिय पुरुष […]

नेपाल क्रिकेट संघको बोर्ड बैठक चितवनमा बस्दै

५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैडक मंगलबार बस्दैछ । कोरोना महामारीका कारण नियमितरुपमा हुन नसकेको क्यान बोर्ड बैठक पहिलो पटक उपत्यका बाहिर बस्न लागेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले मंगलबार चितवनमा बोर्ड बैठक बस्ने जानकारी दिए । ‘मंगलवार बिहानदेखि बोर्ड बैठक हो । बाहिर भएका साथीहरु बाहिरबाटै जान्छन् काठमाडौंको उतैबाट […]

क्यानले खेलाडीको खातामा तलब पठायो, कुन खेलाडीले कति पाउँछन् ?

२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो । २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको स्रोतले जनाएको छ । तर क्यानले भने अहिलेसम्म २०१९ को ग्रेडिङ लिस्ट […]

क्यानद्वारा मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान

१८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान गरेको छ । अहिले नेपालको मुख्य प्रशिक्षकको पदक खाली छ । त्यसैले मुख्य प्रशिक्षक पदमा पदपूर्तीका लागि क्यानले बिहीवार सूचना सार्वजनिक गर्दै निवेदन दिन भनेको हो । यस्तै क्यानले क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजरको […]

नेपाल क्रिकेट संघको साधारण सभा स्थगित

भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाउनुभएको हो । […]

क्रिकेट टिमको तालिमका लागि सरकारको अनुमति कुर्दै क्यान

२६ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले राष्ट्रिय टिमको ट्रेनिङ शुरु गर्नको लागि सरकारको अनुमतिको पर्खाइमा रहेको बताएका छन् । क्यानको शनिवार बसेको भर्चुसअल मिटिङबाट असारको तेस्रो सातादेखि ट्रेनिङ शुरु गर्न पहल गर्ने सहमति भएको थियो । कोरोनाभाइरस महामारीले गर्दा गत चैतयता नेपाली खेलकुद गतिविधि पूर्णरुपमा ठप्प नै छ भने […]

लकडाउनमा आन्तरिक काम भइरहेको छ : क्यान

१२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले लकडाउनको समयमा पनि आन्तरिक कामहरु भइरहेको बताएका छन् । अध्यक्ष चन्दले सोमबार क्यानको पछिल्लो गतिविधि बारे जानकारी गराउँदै लकडाउनको समयमा पनि आन्तरिक कामहरु भइरहेको बताएका हुन् । फेसबुक पेजमार्फत विज्ञप्ति सार्वजनिक गर्दै उनले भनेका छन्, ‘संघले यो आर्थिक वर्षमा सम्पन्न गर्ने रास्ट्रिय प्रतियोगिताहरु भने […]

क्रिकेट संघको विवादमा नयाँ सहमति, असोज दोस्रो साता चुनाव

३० भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा भएको वार्तामा नयाँ सहमति जुटेको हो । अब असोज १० र ११ मा विशेष साधारणसभा हुनेछ, जसले […]

क्रिकेट विवाद समाधानउन्मुख, जुलाईमा हट्ला त प्रतिबन्ध ?

१८ वैशाख, काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानमा ‘ब्रेक थ्रु’ को सम्भावना देखिएको छ । अहिले भएको सहमति कार्यान्वयन भएमा आगामी जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गर्नसक्छ । सहमति भाँडिएको अवस्थामा भने नेपालमाथि पूर्ण प्रतिबन्ध लाग्ने खतरा पनि हुन्छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को खुड्किला चढिरहेका बेला […]

आईसीसीको पेलाईमा नेपाली क्रिकेट, जता हेर्‍यो त्यतै भ्वाङ

८ असोज, काठमाडौं । नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि खेलाडीहरुले सोचेका थिए, अब उज्याला दिन आए । तर, एक वर्ष नबित्दै उनीहरुको उत्साह सेलाइसकेको छ । टिमका सदस्यहरु उकुसमुकुस भएका छन् । नेपाल क्रिकेट संघ तीन वर्षदेखि निलम्बनमा छ भने नेपाली क्रिकेटको तालाचाबी बोकेर बसेको आईसीसीको भूमिका नेपाली क्रिकेटलाई माथि लैजानेभन्दा ‘झारा टार्ने’ मात्र देखिएको […]

नेपाली क्रिकेटको ‘अपरेसन’: जता हेर्‍यो त्यतै भ्वाङ

८ असोज, काठमाडौं । नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि खेलाडीहरुले सोचेका थिए, अब उज्याला दिन आए । तर, एक वर्ष नबित्दै उनीहरुको उत्साह सेलाइसकेको छ । टिमका सदस्यहरु उकुसमुकुस भएका छन् । नेपाल क्रिकेट संघ तीन वर्षदेखि निलम्बनमा छ भने नेपाली क्रिकेटको तालाचाबी बोकेर बसेको आईसीसीको भूमिका नेपाली क्रिकेटलाई माथि लैजानेभन्दा ‘झारा टार्ने’ मात्र देखिएको […]

क्यानको निलम्बन फुकुवा चुनावपछि मात्र हुने

१३ वैशाख, काठमाडौं । नयाँ विधानअनुसार क्रिकेट संघको चुनाव भएपछि मात्र नेपालको निलम्बन फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि मात्र निलम्बन फुकुवा हुने बताएको हो । कोलकाता बोर्ड बैठकपछि आईसीसीले भनेको छ, ‘संशोधित विधानअनुसार निर्वाचन भएपछि निलम्बन फुकुवाको दिशामा आगामी कदम चालिनेछ ।’ यससँगै आगामी जुनमा आईसीसीको साधारणसभाबाट […]

क्यानको चुनावपछि मात्र नेपालको निलम्बन फुकुवा

१३ वैशाख, काठमाडौं । नयाँ विधानअनुसार क्रिकेट संघको चुनाव भएपछि मात्र नेपालको निलम्बन फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि मात्र निलम्बन फुकुवा हुने बताएको हो । कोलकाता बोर्ड बैठकपछि आईसीसीले भनेको छ, ‘संशोधित विधानअनुसार निर्वाचन भएपछि निलम्बन फुकुवाको दिशामा आगामी कदम चालिनेछ ।’ यससँगै आगामी जुनमा आईसीसीको साधारणसभाबाट […]