+

आयरल्यान्डले नेपालमा आएर शृंखला खेल्ने, क्यानसँग पाँच वर्षे साझेदारी

२०८२ चैत  ७ गते १०:२८ २०८२ चैत ७ गते १०:२८
आयरल्यान्डले नेपालमा आएर शृंखला खेल्ने, क्यानसँग पाँच वर्षे साझेदारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गरी ह्वाइट–बल शृंखला खेल्ने कार्यक्रम सार्वजनिक गरेको छ।
  • आयरल्यान्डले अगस्टमा अफगानिस्तानसँग खेलिसकेपछि नेपाल भ्रमण गर्ने तालिका रहेको छ।
  • नेपाल क्रिकेट संघले यस साझेदारीबारे आधिकारिक जानकारी दिइसकेको छैन।

७ चैत, काठमाडौं । आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गर्ने भएको छ । टेस्ट राष्ट्र आयरल्यान्डले सन् २०२६ का लागि सार्वजनिक गरेको कार्यक्रमहरूमा नेपाल आएर शृंखला खेल्ने पनि उल्लेख गरिएको हो ।

आईसीसीमा उल्लेख भएअनुसार आयरल्यान्डले अगस्टमा अफगानिस्तानसँग खेलेपछि नेपाल भ्रमण गर्ने तालिका छ। नयाँ पाँच वर्षे रणनीतिक साझेदारीअन्तर्गत आयरल्यान्डले नेपालमा आएर ह्वाइट–बल (एकदिवसीय र टी–२०) सिरिज खेल्ने कार्यक्रम तय भएको जनाइएको छ।

यद्यपी, यस साझेदारीका बारेमा नेपाल क्रिकेट संघ (क्यान) ले भने आधिकारिक जानकारी दिइसकेको छैन । यसबारेमा बुझ्न खोज्दा क्यान प्रवक्तासँग सम्पर्क हुन सकेन ।

क्यानका सचिव पारस खड्काले वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने क्रममा कम्तीमा दुईवटा टेस्ट राष्ट्रसँग नेपालमै शृंखला खेल्ने लक्ष्य रहेको बताएका थिए ।

आयरल्यान्ड क्रिकेट नेपाल क्रिकेट संघ नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय