News Summary
Generated by OK AI. Editorially reviewed.- रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै शतक बनाएकी छन्।
- फानीले १५ वर्ष २२३ दिनको उमेरमा सबैभन्दा कम उमेरमा महिला टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने कीर्तिमान कायम गरेकी छन्।
- फानीको शतकीय इनिङ्स मद्दतमा रुवान्डाले २१० रनको योगफल बनाएर १२२ रनले खेल जित्यो।
६ चैत, काठमाडौं । रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै शतक बनाउँदै दोहोरो कीर्तिमान बनाएकी छन् ।
फानीले नाइजेरियामा भइरहेको प्रतियोगितामा घानाविरुद्ध डेब्यू खेल खेल्दा ६५ बलमा अविजित १११ रन बनाएर कीर्तिमान बनाएकी हुन् । डेब्यू खेलमै शतक बनाउने उनी पहिलो खेलाडी बनिन् ।
१५ वर्ष २२३ दिनको उमेरमा उनले शतक बनाउँदै महिला टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक बनाउने कीर्तिमान समेत कायम गरिन्।
यसअघि डेब्युमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान अष्ट्रेलियाकी कारेन रोल्टनको नाममा थियो, जसले सन् २००५ मा इंग्ल्यान्डविरुद्ध ९६ रन बनाएकी थिइन्।
त्यस्तै, सबैभन्दा कम उमेरमा शतक बनाउने रेकर्ड युगान्डाकी प्रोस्कोभिया अलाकोसँग थियो।
फ्यानीको उत्कृष्ट इनिङ्सकै मद्दतले रुवान्डाले ३ विकेट गुमाएर २१० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा घानाले २० ओभरमा ८ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो र १२२ रनले पराजित भयो।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4