News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता चैत ७ देखि काठमाडौं र मधेश प्रदेशमा सुरु हुने छ।
- प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
- क्यानले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति कारण खेलहरू तल्लो मुलपानीमा सारिएको जानकारी दिएको छ।
६ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै भोलि (चैत ७) देखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिता काठमाडौंको मुलपानी क्रिकेट मैदानसँगै मधेश प्रदेशका पर्सा र जनकपुरमा सञ्चालन हुनेछ। प्रतियोगिताका अधिकांश खेल, फाइनलसहित, मधेश प्रदेशमै हुनेछन्।
क्यानले सार्वजनिक गरेको तालिकाअनुसार सुरुवाती केही खेल मात्र काठमाडौंस्थित तल्लो र माथिल्लो मुलपानी मैदानमा खेलाइनेछ।
सुरुमा त्रिवि क्रिकेट मैदानमा पनि खेल गर्ने योजना रहे पनि लिग–२ क्रिकेटका लागि मैदान स्तरोन्नति गर्नुपर्ने भएकाले त्यहाँका खेलहरू तल्लो मुलपानीमा सारिएको हो।
प्रतियोगिता २०८३ साल वैशाख ४ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।
प्रतिक्रिया 4