+

एनपीएलपछि बेल्जियममा एकसाथ खेल्दै सन्दीप र डुप्लेसी

२०८२ चैत  ६ गते १५:३८ २०८२ चैत ६ गते १५:३८
एनपीएलपछि बेल्जियममा एकसाथ खेल्दै सन्दीप र डुप्लेसी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग सिजन–२ पछि सन्दीप लामिछाने र फाफ डुप्लेसिय एउटै टोली लियेज रेड लायन्सबाट बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन्।
  • एनपीएलमा दुवैले विराटनगर किंग्सबाट खेलेका थिए भने इयू टी–२० लिगमा प्लेसीको कप्तानीमा सन्दीप खेल्नेछन्।
  • इयू टी–२० लिगको बेल्जियम संस्करण मे ३० देखि जुन ७ सम्म आयोजना हुनेछ र ६ टोली सहभागी हुनेछन्।

६ चैत, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ पछि नेपाली क्रिकेटर सन्दीप लामिछाने र दक्षिण अफ्रिकन क्रिकेटर फाफ डुप्लेसी एउटै टोलीबाट खेल्ने भएका छन् ।

उनीहरूले लियेज रेड लायन्सबाट बेल्जियमको इयू टी–२० लिग खेल्न लागेका हुन् । एनपीएलमा दुवैले विराटनर किंग्सबाट खेलेका थिए ।

एनपीएलमा विराटनगरको कप्तानी सन्दीपले गर्दा डुप्लेसी खेलाडी थिए । इयू टी–२० लिगमा प्लेसीको कप्तानीमा सन्दीपले खेल्नेछन् ।

इयू टी–२० लिगको बेल्जियम संस्करण मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ । प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका ६ टोली सहभागी हुनेछन् ।

फाफ डुप्लेसी लियेज रेड लायन्स सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय