+

पीएम कप क्रिकेट आजदेखि सुरु, पहिलो दिन मधेशमा दुई खेल हुँदै

२०८२ चैत  ७ गते ८:२७ २०८२ चैत ७ गते ८:२७
पीएम कप क्रिकेट आजदेखि सुरु, पहिलो दिन मधेशमा दुई खेल हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता ७ चैतदेखि मधेश प्रदेशमा सुरु हुँदैछ र आज दुई खेल हुनेछन्।
  • पहिलो दिन कोशी प्रदेश र मधेश प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
  • प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

७ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । मधेश प्रदेशमा सञ्चालन हुने प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीच जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालाको मैदानमा प्रतिस्पर्धा हुनेछ । खेल विहान ९ बजेदेखि हुने तय छ ।

कोशीको कप्तानमा सुजन थपलिया छन् भने मधेशको कप्तानी अनिलकुमार साहले गर्नेछन् ।

यस्तै आजको दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश वीरगञ्जस्थित नारायणी रंगशालामा भिड्नेछन् । उक्त खेल पनि ९ बजेदेखि हुने तय छ ।

कर्णाली दिवान पुनको कप्तानीमा खेल्दैछ भने लुम्बिनीको कप्तानमा देव खनाल छन् ।

प्रतियोगिता काठमाडौंको मुलपानी क्रिकेट मैदानसँगै मधेश प्रदेशका पर्सा र जनकपुरमा सञ्चालन हुनेछ। प्रतियोगिताका अधिकांश खेल, फाइनलसहित, मधेश प्रदेशमै हुनेछन्।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार सुरुवाती केही खेल मात्र काठमाडौंस्थित तल्लो र माथिल्लो मुलपानी मैदानमा खेलाइनेछ।

२०८३ सालको वैशाख पहिलो सातासम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय