Comments Add Comment

प्रदेश

List Grid
आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप […]

अब प्रदेशमा पनि पर्यटन बोर्ड, भ्रमण वर्षको रणनीति बेग्लै

२७ जेठ, काठमाडौं । आफ्नै तरिकाले पर्यटन प्रवद्र्धन र बजारीकरण गर्ने भन्दै प्रदेश सरकारहरुले आफ्नै पर्यटन बोर्ड गठन गर्ने तयारी गरेका छन् । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेश सरकारहरुले तयार पारेका नीति तथा कार्यक्रम, बजेट सिद्धान्त तथा प्राथमिकतामा यो विषय परेको छ । संघमा पर्यटन बोर्डको अवधारणाअनुसार सार्वजनिक–निजी साझेदारीमा बोर्ड गठन गर्ने तयारी […]

सातै प्रदेशमा निराशा बढेको विपक्षीको निश्कर्ष

२३ पुस, काठमाडौं । सिंहदरबारस्थित केन्द्र सरकार एवं संघीय संसदका विपक्षी सांसदको चर्चा मिडियामा जति हुन्छ, प्रदेश सरकार र संसदहरु भने छायाँमा पर्ने गरेका छन् । बानेश्वरस्थित संसद भवनमा विपक्षीले हंगामा मच्चाएको चर्चा चल्छ, तर प्रदेशका सातैवटा संसदहरुमा विपक्षी दलहरु शुतुर्मूर्ग जस्तै प्रतीत हुने गरेका छन् । हुन त मिडियामा सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले […]

प्रदेशको माग न सम्बोधन हुन्छ, न जवाफ आउँछ

४ मंसिर, पोखरा । ‘तत्काल कर्मचारी, कार्यालय र प्रादेशिक संरचना व्यवस्थापनका लागि जग्गाको स्वामित्व हस्तान्तरण गर’ नयाँ आर्थिक वर्षको बजेट ल्याएसँगै गण्डकी प्रदेश सरकारले केन्द्र सरकारसँग अनुरोध गर्‍यो । १६ साउनमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार गण्डकी प्रदेश सरकारले प्रादेशिक संरचना व्यवस्थापनका लागि प्रास्तावित जग्गाहरुको स्वामित्व दिन प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा पत्र पठाएको थियो । तर, […]

सातै प्रदेशमा यसरी बन्दैछन् कानून

१८ भदौ, काठमाडौं । सातवटै प्रदेशसभाहरु कानुन निर्माणमा जुटेका छन् । केही प्रदेशहरु संघीय सरकारभन्दा अगाडि जान खोजिरहेका छन् भने कुनै प्रदेशहरु सुस्त गतिमा कानुन निर्माणमा छन् । संविधान कार्यान्वयनका लागि प्रदेशले बनाउनुपर्ने २२ वटा कानुनका सन्दर्भमा भने कुनै पनि प्रदेशले छुट्टै योजना बनाएका छैनन् । प्रदेशले बनाउनुपर्ने अन्य कानुनमै कतिपयले ती २२ वटा कानुनलाई […]

सातै प्रदेशमा अब कृषि अनुसन्धान निर्देशनालय

७ भदौ, पोखरा । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो । नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न लागिएको छ । अहिले तत्कालीन ५ विकास क्षेत्रमा […]

जलविद्युतमा प्रदेश ३ र ४ बलिया, २ सबैभन्दा कमजोर

१३ फागुन, काठमाडौं । विद्युत उत्पादनका हिसाबले प्रदेश ३ र ४ सबैभन्दा बलियो देखिन्छन् । प्रदेश-२ मा भने अहिलेसम्म एउटा आयोजना निर्माण भएको छैन । प्रदेश-६ मा निजी क्षेत्रको तीन दशमलव ७५ मेगावाटको एउटा आयोजना मात्रै सञ्चालनमा छ । यसरी हेर्दा प्रदेश २ र ६ विद्युत् उत्पादनका हिसाबले सबैभन्दा कमजोर देखिन्छन् । प्रदेश-२ मा निजी […]

०७५ बाट एसइई प्रदेशबाटै हुने

१८ माघ, काठमाडौँ । सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ बाट सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ । ‘हामी […]

प्रदेशसभाको रिपोर्टिङमा पत्रकारले जान्नुपर्ने कुरा

  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचनाले राजधानी बाहिरका पत्रकारलाई संसदीय पत्रकारिता गर्ने नयाँ अवसर सिर्जना गरेको छ । स्थानीय तह र प्रदेशसभासम्बन्धी सवालहरुमा गरिने सही पत्रकारिताले प्रभावकारी सूचना प्रवाह त गर्छ नै, दोहोरो संवाद र विचार निर्माणसहित लोकतन्त्रलाई संस्थागत गर्न समेत सहयोग पुर्याउनेछ । यो आलेख मूलतः पत्रकारले प्रदेशसभासम्बन्धी विषयमा कसरी रिपोर्टिङ गर्नुपर्छ भन्नेमा केन्द्रित […]

प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई पदोन्नतिको अवसर

२२ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्री केशवबहादुर बुढाथोकीको नेतृत्वमा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितिले कर्मचारी समायोजनको आधार र मापदण्ड तयार गरेको छ । समितिले सिफारिस गरेको मापदण्डका आधारमा कर्मचारी समायोजनको कानुन बन्नेछ । संविधानको धारा ३०२ को उपधारा (२) मा संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले कानून […]

संघीयतामा यातायातः सवारी दर्ता प्रदेशमा, लाइसेन्स स्थानीय तहबाट

२४ वैशाख, काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै सवारी साधन दर्ता प्रदेश सरकारले गर्ने भएको छ। हाल सवारी साधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन्। तर, अञ्चल कार्यालयबाट दिइँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) भने स्थानीय (स्नाथीन तह) बाट दिने सम्बन्धमा छलफल भइरहेको छ। प्रदेश गठनपछि सवारी साधान दर्ता हुने व्यवस्था मिलाउन लागिएको यातायात […]

यस्ता छन् ६ नम्बर प्रदेशका एमाले उम्मेदवार (सूचीसहित)

  १३ वैशाख,काठमाडौं । नेकपा एमालेले ६ नम्बर प्रदेशका २५ नगरपालिकामध्ये दैलेखको दुल्लुबाहेक सबै नगरमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । त्यस्तै प्रदेशभित्रका सबै गाउँपालिकामा पनि उम्मेदवारहरुको टुंगो लागेको एमालेले जनाएको छ । ६ नम्बर प्रदेशमा २५ नगरपालिका र ५७ गाउँपालिका छन् । प्रदेश संगठन कमिटीले जिल्लाको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको ६ […]

बहसः ४ र ५ नम्बर जोडौँ, ६ प्रदेशको नेपाल बनाऔं

नेपालको संविधानले ७ प्रदेश परिकल्पना गरेको छ । शुरुमा ६ प्रदेश बनाउने निर्णय भएको थियो । पछि सुर्खेतबासी र बिशेष गरी कर्णाली अञ्चलले आन्दोलन गर्नासाथ सुदुर पश्चिममा जोडिएका १० जिल्लालाई छुट्टै प्रदेश बनाइएको हो । तर, प्रदेशको संख्या धेरै हुदैमा आफै झपाझप बिकास हुँदैन । बिकास नितान्त आर्थिक आम्दानी र नेतृत्वको स्वच्छतामा भर पर्ने बिषय […]

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी बनाउन माग

५ असार, काठमाडौं । प्रदेश नम्बर एकको राजधानी धनकुटालाई बनाउन धनकुटाबासीले माग गरेका छन् । उनीहरुले आइतबार पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् । भौतिक पूर्वाधार, सामर्थय, सुरक्षा, सु्न्दरता, ऐतिहासिकताका आधार लगायत सबै किसिमले धनकुटा प्रदेशको राजधानी बन्न उपयुक्त रहेको उनीहरुको भनाइ छ । धनकुटालाई प्रदेश […]

प्रदेशका राजधानीबारे एमालेमा प्रस्ताव, २ नम्बरमा ढल्केवर

५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेश भएको छ । हालै सम्पन्न केन्द्रीय कमिटी वैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन । परिषदका अध्यक्ष केशव बडालले सो प्रस्ताव शुक्रबारको वैठकमा पेश गरेका थिए । उनको प्रस्तावमा क्षेत्र नम्बर २ मा ढल्केवरलाई राजधानी […]