Comments Add Comment

बझाङ

List Grid
बझाङमा एउटा घटना गाउँमै मिलाउँदा अर्को बलात्कार र हत्या

११ असोज कैलाली । बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट हिँडेकी बझाङ मष्टा गाउँपालिका–२ कि १२ बर्षीया सम्झना विश्वकर्मा साँझसम्म फर्किइनन् । १० मिनेटको पैदल दुरीमा रहेको गोठमा गएकी उनी तीन घण्टासम्म पनि नफर्किएपछि परिवारले खोजी गरे । त्यसक्रममा शिवमाण्डौ मन्दिरमा बालिकाको शव भेटियो । त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरीले […]

बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ जना घाइते

५ असोज, काठमाडौं । बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बुङ्गल नगरपालिका-१ भिरगडा बस्ने २८ वर्षीय मानबहादुर बोहरा रहेका छन् । बुङगल नगरपालिका–१ तल्लोदहमा लु.१ क १२७८ नम्बरको डोजर आइतबार राति सडकबाट करिब ५० मिटर तल खस्दा बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

बझाङमा पहिरोमा पुरिएर २ बालकको मृत्यु

३ भदौ, कैलाली । बझाङमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका-५ मिडी गाउँमा गएको पहिरामा पुरिएर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमलराज भण्डारीले जानकारी दिए । माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर […]

बझाङमा क्वारेन्टिनबाट घर पुगेका ६६ जनामा कोरोना पुष्टि

१७ धनगढी, साउन । क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए । […]

बझाङमा मृत्यु भएको ३ दिनपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

१३ साउन, कैलाली । बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो । भण्डारीका अनुसार असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर […]

बझाङ पहिरो : जेठाराले अरूलाई जोगाए, आफू हराए

२६ असार, कैलाली । शुक्रबार राति १ बजेतिर केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो आयो । गाउँमा पहिरो आएको कुरा सबै भन्दा पहिले २२ वर्षीय गिरिजा जेठाराले थाहा पाए । उनले गाउँमा पहिरो आएको भन्दै कराउन थाले । ‘जेठाराले सबैलाई उठाए, तर आफैं भाग्न पाएनन्’ बझाङका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले भने, ‘सबैलाई बचाउने उनै बचेनन् […]

बाढी आएसंगै सेती किनारमा दाउरा टिप्नेको भिड

२६ असार, डोटी । अबिरल बर्षासंगै सेती नदीमा आएको बाढीले काठ र दाउरा बगाएर ल्याएको छ । नदीले बगाएर ल्याएका दाउरा टिप्न बझाङ सदरमुकाम चैनपुरका बासिन्दाको भीड नदी किनारमा जम्मा भएको छ । बर्षातको समयमा नदीले बगाएर ल्याएका दाउरा टिप्न स्थानीयले ज्यानको बाजी लगाउने गरेका छन् । दाउरा टिप्न प्रतिस्पर्धा जस्तै हुने गर्दछ । एक […]

बझाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

२० असार, बझाङ । केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए । उनका अनुसार गएराति वषर्ासँगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घरमा क्षति पुर्‍याएको थियो । पहिरो खस्न थालेपछि केहीले भने भागेर ज्यान […]

बझाङ पहिरो : दुई जनाको शव भेटियो

२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन । पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको […]

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, स्थानीय भन्छन्- १७ घर पुरिए

२० असार, काठमाडौं । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले अनलाइनखबरसँग भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला […]

बझाङमा काेरोना संक्रमित युवकले गरे आत्महत्या 

१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ […]

बाजुराको बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

१४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए । टेकुको […]

लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरु जरिवाना तिरेर छुटे

२८ चैत, कैलाली । लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ । लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष  विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का  अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो […]

बदलियो चैनपुरः धान झुल्ने फाँटमा महलै महल

२४ असार, बझाङ । साना चिटिक्क परेका स्लेटले छाएका घरहरुलाई भव्य र आधुनिक सुविधायुक्त महलहरुले विस्थापित गरेको छ । ढुङ्गा विच्छायर बनाइएको बाटो फराकिलो र पक्की भएको छ । खुला र लहलह बाली झुल्ने फाँटहरु घरहरुले खुम्चिएको छ । जग्गाको भाउ आँकासिएको छ । समग्रमा बझाङ जिल्लाको सदरमुकाम चैनपुरले स्वरुप फेरेको छ । चैनपुर सानो […]

बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु

२० वैशाख, बझाङ ।  बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने […]

बझाङ सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार

२४ माघ, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने […]

बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी

२२ मंसिर, काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

१४ गते स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान

१६ असार, भैरहवा । उम्मेदवारको मृत्यु भएपछि गत बुधबार स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि त्यस वडामा मतदान भइरहेको छ । रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा अहिले मतदान भइरहेको हो । वडा नम्बर १ का वडा सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार […]

बझाङको जयपृथ्वी नगरपालिकाका २ केन्द्रमा भोलि मतदान

१५ असार, काठमाडौं । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ […]

खस्कियो सरकारी स्कुलको पढाई, बोर्डिङमा आकर्षण बढ्दो

६ जेठ, चैनपुर । बझाङ जिल्लामा नाम चलेको सरकारी स्कुलमध्येको एक हो दुर्गा भवानी उच्च मावि । यस स्कुलमा कक्षा ७ सम्म पढेकी सविना विष्ट सदरमुकाम चैनपुरस्थित अञ्चल विद्यासदन बोर्डिङ स्कुलमा कक्षा ३ मा भर्ना भइन् । यसैगरी जालपा उच्च मावि देवलमा कक्षा ४ पढ्ने रोशन जोशी पनि बोर्डिङ स्कूलमा कक्षा २ मा भर्ना भएर […]

हजारौंले भरे ‘बान्नीकी चैतली’ मेला

१० वैशाख, बझाङ । सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक मेला बान्नीकी चैतली मेलामा हजारौं श्रद्धालु तथा दर्शनार्थीहरु सहभागी भएका छन् । बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गर्न यस वर्ष १० हजारभन्दा बढी चैतली मेलामा आएको मेला व्यवस्थापन समितिले जनाएको छ । परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको […]