Comments Add Comment

बालुवाटार

List Grid
बालुवाटारमा दोस्रो पटक शिवमायाले भनिन्-राजीनामा दिन्न, जे गर्ने हो गर्नुस्

२७ पुस,काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए । तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । […]

ठेकदार भर्सेस सरकार ! किन घेरिँदैछ बालुवाटार ?

११ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरु यतिबेला आन्दोलित छन् । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पहिलो दिन सार्वजनिक खरिद अनुगमनको कार्यालयमा र पछिल्ला दुई दिन प्रधानमन्त्री निवास बालुवाटार अघि धर्नासहित प्रदर्शन गरिसक्यो । प्रधानमन्त्री अस्पताल भर्ना भएको दिन मंगलबार पनि ठेकदारहरु बालुवाटार घेराउमा व्यस्त थिए । भौतिक पूर्वाधारमन्त्रीका रुपमा […]

बालुवाटारको जग्गामा भाटभटेनी सञ्चालकको ‘कनेक्सन’

२६ वैशाख, काठमाडौं । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा प्रकरणमा मुछिनेहरुको पर्दाफास हुने क्रम जारी छ । यसैक्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको पनि यो प्रकरणमा ‘कनेक्सन’ देखिएको छ । सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति/मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र […]

बालुवाटार जग्गा प्रकरण : कारबाहीको पहिलो निशानामा राणा परिवार

२६ वैशाख, काठमाडौं । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा हिनामिना सम्बन्धमा सरकारले २८ फागुनमा सातवटा निर्णय गरेको थियो । दुई महिनामा त्यसमध्ये कुन–कुन निर्णय कार्यान्वयन भए ? सरकारले बालुवाटारको जग्गा तत्काल जग्गा रोक्का गर्नेदेखि सुवर्णशमसेर राणाका खलकले पाउनुपर्ने जग्गा छ महिनाभित्र यकिन गर्नेसम्मका निर्णय गरेको थियो । तीमध्ये जग्गा रोक्का राख्ने, माधवकुमार नेपाल मन्त्रिपरिषदका निर्णय […]

बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?

१९ वैशाख, काठमाडौं । सरकारले किनबेच रोक्का गरेको बालुवाटारको ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नाममा देखिएपछि यसले राष्ट्रिय चर्चामात्र पाएन, नेकपाभित्रै पौडेल दोषी हुन् कि निर्दोष भन्ने बहस चलिरहेको छ । शारदाप्रसाद त्रिताल समितिको प्रतिवेदन अनुसार सरकारले गत फागुन २८ गतेको मन्त्रिपरिषद बैठकबाट बालुवाटारको ११३ रोपनी […]

बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका हुन् मन्त्री सोडारी

२८ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ । तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक […]

बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका मन्त्री सोडारी भन्छन्- परिबन्दमा परें

२८ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ । तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक […]

प्रधानमन्त्रीको ६७ औं जन्मोत्सव (१५ तस्वीर)

११ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बिहानैदेखि ‘पार्टी मुड’ मा देखियो । दिनभरी खचाखच देखिएको बालुवाटारमा साँझ नपर्दै प्राङ्गणमा अनमोल क्याटरिङका टेबुल-कुर्सी सजिए । क्याटरिङबाट मिष्ठान्न खानेकुरा झिकाइयो । प्रधानमन्त्री निवास पार्टी प्यालेसजस्तै बन्यो । दिन ढल्किएपछि प्रधानमन्त्री निवासमा रौनक थपियो । एमाले नेता कार्यकर्ताहरु परिवारका सदस्य एवं बालबच्चासहित बालुवाटार छिरे । कसैको […]

झम्के साँझमा बालुवाटार प्रवेश गरे प्रधानमन्त्री ओली

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटारमा सरेका छन् । ओली बालकोटबाट अपराहृन साढे ४ बजे नै बालुवाटार सार्ने पूर्वनिर्धारित कार्यक्रम थियो । उनलाई बालुवाटारमा स्वागत गर्न एमाले नेताहरु दिउँसै हातमा फूलमाला लिएर बसेका पनि थिए । तर, प्रधानमन्त्री ओली पुग्दा साँझ पर्‍यो । विहानैबाट माओवादी अध्यक्ष प्रचण्डसँग वान […]

देउवाले आज बालुवाटार छाडे

४ फागुन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको भोलिपल्ट देउवाले सरकारी निवास छाडेका हुन् । देउवाले दिउँसो एक बजेपछि निवास छाडेका हुन् । बालुवाटारस्थित निवासबाट देउवाले धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकेका थिए । ०७४ जेठ […]

फेरि २४० निर्वाचन क्षेत्र कायम राख्ने खेल ! बालुवाटारबाटै आयो प्रस्ताव

२७ असार, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन माग्न थालिसक्यो । तर, सरकारले अझैसम्म आयोग समेत बनाउन सकेको छैन । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुको साटो हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई नै कायम राख्नेबारे बालुवाटारमा सुरु भएको छ । संविधान संशोधनबारे छलफल गर्न मंगलबार कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको […]

संशोधनमा सघाउन देउवाले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार, प्रचण्डले दिए तीन विकल्प

२७ असार, काठमाडौं । संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न […]

जुर्‍यो देउवाको साइत, आज बालुवाटार सर्ने

५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको गोरखापत्रले लेखेको छ । […]

अष्टम पदमा देउवाको राहु, बालुवाटार सर्न ज्योतिषीले रोके !

१ असार, काठमाडौं । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा […]

बालुवाटारमा कुरो मिलेन, संघीय गठवन्धनले आन्दोलन घोषणा गर्ने

२६ बैशाख, काठमाडौं । पूर्वसहमति अनुसार संविधान संशोधन लगायतका मागहरु पुरा नभएको भन्दै संघीय गठबन्धनले आन्दोलन घोषणा गर्ने भएको छ । आन्दोलन घोषणा गर्नु पूर्व गठवन्धनका नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमालेलाई पनि बैठकमा बोलाएर संशोधनका लागि सरकारले पहल गरिरको बताए । उनले बैशाख १७ गते नै […]

माओवादी हेडक्वार्टर सदस्यलाई नै बालुवाटारमा ‘नो इन्ट्री’

१ भदौं, काठमाडौं । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् । जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता-कार्यकर्ताबाटै सिंहदरवार र बालुवाटारमा भीडभाड बढेको छ, उनीहरु सहजै प्रवेश पाइरहेका छन् । तपाईले यस्तो सोचिरहनु भएको छ भने पूर्णतः गलत हुनुपर्छ । विभिन्न १० माओवादी घटकबीचको एकतापछि […]