Comments Add Comment

भरतपुर महानगरपालिका

List Grid
करको दायरा बढाउँदै भरतपुर महानगर

१० माघ, चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस कोभिड-१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । भरतपुर महानगरपालिकाले हालसम्म रु २५ करोड ५० लाख राजस्व स्ङ्कलन गरेको छ । असार मसान्तसम्ममा रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा […]

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि थप साढे एक करोड

२ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आइतबार थप १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । यसअघि महानगरले ५० लाख रकम सहयोग गरेको थियो । रंगशाला निर्माणका लागि महानगरले ६ करोड ५० लाख रकम दिने घोषणा गरेको थियो । अहिलेसम्म दुई करोड रकम धुर्मस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिसकेको […]

वडाध्यक्षको निधनको शोकमा भरतपुर महानगरपालिका बन्द

२६ असोज, चितवन । कोरोना संक्रमणबाट वडाध्यक्षको निधन भएपछि भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज सोमबार एक दिनका लागि बन्द गरिएको छ । महानगरकी मेयर रेनु दाहालले एक विज्ञप्ती जारी गर्दै भरतपुर–२० का वडाध्यक्ष मणिलाल तामाङको निधनमा दुःख ब्यक्त गरेकी छिन् । जारी विज्ञप्तीमा शोक मनाउन एक दिन महानगरपालिका र त्यस मातहतका सबै कार्यालय बन्द […]

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि ५० लाख   

१३ असोज, चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले मंगलबार ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड रुपैयाँमध्ये पहिलो चरणमा ५० लाख […]

भरतपुरमा निकास विनाको विकास : नहर मासेर सडक, सडकमा पानी

२४ साउन, चितवन  । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका छन् । पानीको निकास नभएपछि यहाँका सरकारी […]

चिकित्सक र प्राविधिकले पाएनन्, महानगरका कर्मचारीले लिए जोखिम भत्ता

२२ साउन, चितवन । चितवनको भरतपुर अस्पताल मातहत सञ्चालनमा रहेको भरतपुर कोभिड १९ ल्याबका प्राविधिकले दिनरात नभनी काम गर्न थालेको चार महिना बित्यो । तर, उनीहरूले सरकारले दिने भनेको कोरोना जोखिम भत्ता अझैसम्म पाउन सकेका छैनन् । भरतपुर अस्पतालमै कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरू पनि अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो […]

भरतपुर महानगरमा चार वडा कार्यालय बने, ६ वटा बन्ने क्रममा

१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि चारवटा नयाँ कार्यालय भवन बनेका छन् । ६ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । महानगरपालिका कार्यालयका अनुसार वडा नं. ७, १३, १७ र २८ नम्बर वडा कार्यालय निर्माण भएका छन् । यी कार्यालयको भवन बनाउन पाँच करोड रुपैयाँ खर्च भएको छ । नयाँ बनेका वडा […]

भरतपुर महानगरमा ६० किमी कालोपत्रे सडक थपियो

३१ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेका अनुसार सहरी विकास मन्त्रालय, सांसद विकास कोष तथा महानगरपालिकाबाट गरी विभिन वडामा ६० किलोमिटर कालोपत्रे सडक थपिएको छ । चालु वर्षमा एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहे पनि लकडाउन […]

घरभित्रै खनेर खानेपानीको पाइप बिछ्याइयो !

२ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ मा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरका ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएको हो । घरको दायाँ–बायाँ खाली जग्गा रहे पनि सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको छ । […]

भरतपुर महानगरका वडा धमाधम ‘सिल’, बैंकसमेत बन्द गराइयो

२९ जेठ, चितवन । क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि चितवनको भरतपुर महानगरपालिकाका केही वडाध्यक्षहरुले धमाधम वडा बन्द (सिल) गरेका छन् । कतिपयले त कार्यक्षेत्रभन्दा बाहिर गएर बैंक तथा वित्तीय संस्थासमेत बन्द गराएका छन् । आजबाट माडी नगरपालिका सात दिनसम्म सिल गरिएको छ । अस्पतालबाट रिफर वा डिस्चार्ज गरेका बिरामी, उनीहरुका कुरुवा तथा मृतकका […]

चीनको गुर्मु सहरले दियो भरतपुर महानगरलाई स्वास्थ्य सामग्री

२८ जेठ, चितवन । चीनको गुर्मु सहरले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । गुर्मु सहरले ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । सहयोग स्वास्थ्य सामग्रीमा १० हजार थान सर्जिकल मास्क, ९६० थान एन ९५ मास्क, १२० थान पीपीई, १२० थान थर्मल गन […]

सुनौली नाकाबाट ४७ जनालाई उद्धार गरेर भरतपुर ल्याइयो

२० जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २८ ले भैरहवाको सुनौली नाकाबाट ४७ जनाको उद्धार गरेको छ । महानगरपालिकाको समन्वयमा बडा नं. २८ ले भारतको हैदरावादबाट सुनबल आएका ४७ जनाको उद्धार गरी ल्याएको हो । उद्धार गरिएकामा वडा नं. २८ का ३८ र अन्य स्थानका ९ गरी ४७ छन् । वडाध्यक्ष आशबहादुर कुमाल […]

भरतपुर महानगरपालिकालाई एनआरएनको स्वास्थ्य सामग्री

११ जेठ, चितवन । गैरआवासीय नेपाली संघ समन्वय समितिले भरतपुर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । लामो समयदेखि बेल्जियम तथा अन्य देशमा व्यवसाय गर्दै आएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव राजेन्द्रकुमार शर्मा, गौरी जोशी तथा सह–कोषाध्यक्ष लोक दाहालको समन्वयमा प्राप्त स्वास्थ्य सामग्री महानगरपालिकालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एक सय […]

वडा सदस्यको मृत्युको शोकमा भरतपुर महानगरपालिकामा बिदा

६, जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार बिदा दिइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए । महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली […]

चितवनमा सोमबारबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने

२३ चैत, चितवन । चितवनमा सोमबारदेखि कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण थालिने भएको छ । नमूना परीक्षणका लागि भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याब तयार पारिएको छ । ल्याब निर्माणको नेतृत्व गरिरहेका प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आइतबारबाट नै परीक्षण थाल्ने योजना बनाए पनि काम नसकिएकाले सोमबार मात्रै नमूना लिएर परीक्षण सुरु गरिने […]

भरतपुर महानगरपालिकाले सुरु गर्‍यो विपन्न समुदायलाई राहत वितरण

२१ चैत, चितवन । लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई चितवनको भरतपुर महानगरपालिकाले राहत वितरण सुरु गरेको छ।  महानगर प्रमुख रेनु दाहालका अनुसार शुक्रबार महानगरका विभिन्न वडामा राहत वितरणको काम सुरु भएको हो । कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र अति विपन्न समुदायलाई वडा–वडाबाट […]

भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्षको निधन

४ असोज, चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको छ । पेटको क्यान्सरबाट पीडित ६६ वर्षीय गुरूङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार विहान निधन भएको हो । गुरूङ तत्कालीन एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए । गुरूङलाई दुई महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो । उनका […]

प्रचण्डकाे निर्वाचन क्षेत्रमा पर्ने हुलाकी सडककाे स्तरोन्नति हुँदै

२० मंसिर, चितवन । भरतपुर–माडी–ठोरी हुलाकी सडकको मुख्य क्षेत्र पकौडी चोकदेखि जगतपुरको राप्ती पुलसम्मको सडक स्तरोन्नति हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सो सडकको स्तरोन्नति हुन लागेको हो । पटिहानीको पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले […]

भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवाद

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाबीच सीमा विवाद चर्किएको छ । भरतपुर महानगरपालिकाको वडा नं. ११ को सिमाना र इच्छाकामना गाउँपालिका वडा नं. ७ को खगेरी खोला सिमानाका विषयमा विवाद भएको हो । इच्छाकामना गाउँपालिकाले धमिले खोला छेउमा ल्याएर ‘इच्छाकामना गाउँपालिकामा स्वागत छ’ भन्ने बोर्ड राखेको छ । बोर्ड राखेको धेरै […]

भरतपुरको गेष्ट हाउस चउरमा ५ हजार जना अट्ने सिटी हल बन्ने

२८, भदौ, चितवन । भरतपुर महानगरपालिकाले बनाउने भनेको महत्वकांक्षी सिटी हल जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा बन्ने भएको छ । भरतपुर महानगरपालिका- १० मा पर्ने गेष्ट हाउस चौरमा चार बिघा दश धुर जग्गा छ । यसै जग्गाभित्र हाल वडा कार्यालय, पत्रकार महासंघ, कर्भड हल, पुरानो जिविसको भवन लगायतका संरचना पनि रहेका छन् । ७५ […]

भरतपुर महानगरपालिकामा भाँडभैलो, विवादबारे के भन्छन् रेनु र पार्वती ?

४ भदौ, चितवन । गत विहीबार भरतपुर महानगरपालिकाको समीक्षा गोष्ठीमा उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु उपस्थित नभएपछि मेयर रेनु दाहाल र उपमेयर पावर्ती शाहवीच शीतयुद्ध चलेको चर्चा छताछुल्ल भयो । उपमेयर पार्वती शाहले आफूलाई रेनुले कार्यवाहक नदिएको र पेलेर जाने खोजेको आरोप लगाइन् । गुनासाका पोका फुकाउँदै उपमेयर शाह विहीबार आफैंले निर्णय गरेको समीक्षा गोष्ठीमा सहभागी […]