शब्द तस्वीर – भरतबन्धु थापा
९ पुस, काठमाडौं । नेपालको सुदुरपश्चिम क्षेत्र अभाव र गरीवीको प्रतिनिधिस्थल हो कि सुन्दरताको ? यसबारे बेलाबखत बहस हुँदै आएको छ । तर, यहाँको प्राकृतिक छटालाई हेर्दा सुदूरपश्चिम दुःखको हैन, सुुख र सुन्दरताको अनुपम स्थल हो भन्नेमा कसैको दुईमत छैन ।
सुदूरपश्चिम मात्र नभई नेपालकै धार्मिक महत्व बोकेको खप्तड र बडीमालिकालाई जोडेर भर्खरै मात्र पर्यटक विकास समाज धनगढीले बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तड, बाजुराको बडीमालीका र अछामको रामारोशनलाई समेटेर ‘फारवेस्ट हेरिटेज ट्रेल’ को नयाँ पदयात्रा तय गरेको छ ।

यो पदयात्राका लागि १९ दिन लाग्छ । पदयात्रामा समुद्र सतहबाट ३ हजार मिटर उचाइमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जबाट सुरु गरेर पदयात्राको सबैभन्दा अग्लो स्थान बाजुराको बडीमालिकाको ४ हजार २ सय १९ मिटर उचाइ पार गुर्नपर्छ । त्यसपछि २ हजार ९ सय मिटरमा उचाइमा अवस्थित रामारोशनमा पुगेपछि यात्रा समाप्त हुन्छ ।
सुदूरपश्चिमका पर्यटकीय स्थललाई पर्यटकको रोजाइमा पार्नको लागि सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने पर्यटन विकास समाजका अध्यक्ष कृष्णबहादुर महरा बताउँछन् ।




प्रतिक्रिया 4