+
+
Shares

संविधानसभा अध्यक्ष नेम्वाङ पनि राष्ट्रपतिकै लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २६ गते १५:३७

Subash-Nembang

२६ असार, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान जारी गर्ने बेलासम्म प्रदेशहरुको सिमांकन पनि टुंगो लगाउन दलहरुलाई सुझाव दिएका छन् ।

संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्वसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष नेम्वाङले भने-‘मुख्य विवाद टुंगिएकाले सिमांकन लगायतका विवाद समाधान गर्न आधा घण्टा पनि चाहिँदैन । १५ दिनसम्म सभासदहरु जनमत संकलनका लागि गएका बेला शीर्ष नेताहरुले यो विषय पनि टुंगो लगाउन मैले आग्रह गरेको छु ।’

राष्ट्रपति डा.रामवरण यादवले शीर्ष नेताहरुलाई शीतल निवासमा बोलाएर सिंमान गरेर जानु राम्रो हुने सुझाव दिए लगत्तै संविधानसभा अध्यक्ष नेम्वाङले पनि मुख खोलेका हुन् । ‘दलका नेताहरुले हामी यसबीचमा सिमांकनको टुंगो लगाउने प्रयास गर्छौं भन्नुभएको छ’ अध्यक्ष नेम्वाङले पत्रकारहरुसँग भने ।

नेम्वाङले संविधान जारी गर्ने बेलासम्म विवादित विषयहरु मिलाउन सकिने भन्दै प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको बताए ।

नेम्वाङले सिमांकनको टुंगो लगाउने विषयमा पत्रकारहरुले पनि सघाउनुपर्ने धारणा राखे ।

संसदीय मामिला पत्रकार समाजको शनिकार सम्पन्न अधिवेशनले राजेन्द्र फुयालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा इश्वरी सुवेदी, महासचिव बबिन शर्मा, सचिव अशोक दाहाल र कोषाध्यक्षमा सन्जिव बगाले चयन भएका छन् । सदस्यहरुमा लक्की चौधरी, मनोज सत्याल, रोजिना थापा, दिपेश श्रेष्ठ, शतिष सुवेदी, मुक्तिबाबु रेग्मी, दिपक आचार्य र अनन्त अनुराग निर्वाचित भएका छन् ।

मामिलाका निवर्तमान उपाध्यक्ष मात्रिका पौडेलले अध्यक्ष नेम्वाङलाई नयाँ नेतृत्वको परिचय गराउँदै मुलुकलाई सहमतिको सन्देश दिन संसदीय मामिला पत्रकारले आफ्नो नेतृत्व सर्वसम्मत चयन गर्न सफल भएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?