१४ भदौ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो देशका गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भन्ने अभिव्यक्ति नदिएको जनाएको छ ।
इण्डिया टुडेले भारतीय गृहमन्त्री सिंहलाई उधृत गर्दै लेखेको समाचार गलत रहेको समेत दूतावासले आफ्नो आधिकारिक ट्वीटरमार्फत जनाएको छ ।
दूतावासले राजनाथ सिंहलाई उधृत गर्दै भनेको छ- उहाँले यस्तो अभिव्यक्ति दिएको कुरा अस्वीकार गर्नुभएको छ ।
भारतीय गृहमन्त्रीले नेपालको समस्या नेपाली आफैंले सम्बोधन गर्नु पर्छ मात्र भनेको दूताबासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4