+
+
Shares

विदेशीको ‘नकारात्मक चलखेल’प्रति एमालेको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १४ गते १९:२५

UML-meet

१४ भदौ, काठमाडौं । जनताका प्रतिनिधिले संविधान बनाइरहेका बेला कतिपय विदेशी समुदायले नकारात्मक ढंगले चलखेल गरिरहेको भन्दै नेकपा एमालेले चिन्ता व्यक्त गरेको छ ।

स्थायी कमिटीको सोमबारको बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको ब्रिफिङ सुनेपछि एमालेले जनप्रतिनिधिले बनाएको संविधानलाई अन्तर्राष्ट्रिय समुदायले विना टिप्पणी स्वागत गर्नुपर्ने ठहर गरेको हो ।

बैठकमा एमालेका सबै मन्त्रीहरुलाई राखिएको थियो । सरकारका काम कारवाही र कांग्रेसको एकलौटी सत्ता सञ्चालनका बारेमा धारणा बनाउन बसेको बैठक पछिल्लो परिस्थितिको मूल्यांकनमै बढी केन्दि्रत हुन पुगेको एक नेताले बताए ।

बैठकमा गृहमन्त्री बामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधान निर्माणका सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको जानकारी गराएका थिए ।

एमाले बैठकले देशभर शान्ति र सद्भावका लागि कार्यक्रम गर्ने र कार्यकर्ता परिचालन गर्ने निर्णय समेत गरेको छ । बिभिन्न जिल्लामा एमाले कार्यालयमा भएको आगजनीको पनि एमालेले निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?