+
+
Shares

प्रधानमन्त्री शीतलनिवास जाँदै, सभाध्यक्षले समय पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १५:४२

२८ भदौ, काठमाडौं । संविधान जारी गर्ने मिति असोज ३ गतेका लागि निश्चित भएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर निम्तो दिन चाहे पनि सोमबार साँझ सभाध्यक्षको ईच्छा पूरा भएन ।

RAMBARAN-YADAV-AND-SUVAS-NE

संविधान घोषणाको विषयमा निम्तो दिन शीतलनिवास जान चाहेका सभाध्यक्षलाई राष्ट्रपतिले समय नमिल्ने जानकारी दिएको स्रोतले बतायो । सभाध्यक्षले सोमबार साँझ साढे ७ बजे राष्ट्रपतिलाई भेट्न चाहेका थिए ।

स्रोतका अनुसार राष्ट्रपतिले पहिले प्रधानमन्त्रीसँग कुरा गरेपछि मात्रै सभाध्यक्ष नेम्वाङसँग कुरा गर्ने बताएका छन् ।

राष्ट्रपतिले भेट्न अन्कनाएपछि यो विषय संविधानसभा सचिवालयमा रहस्यको विषय बन्यो । तर, शीतलनिवास स्रोतले भने यलाई सामान्य विषय भनेको छ ।

‘सोमबार साँझ प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिसँग भेट गर्ने सम्भावनाका कारण सभाध्यक्षसँग मंगलबार बिहान भेट गर्ने समय मिलाइएको हो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसमा कुनै पनि आशंका गरिरहन जरुरी छैन ।’

शीतलनिवास स्रोत भन्छ- ‘संविधान जारी हुने भइसकेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई निम्तो गर्नुहोला, त्यसपछि सभाध्यक्षले निम्तो गर्नुहोला, यो सामान्य प्रक्रियाभित्रको कुरा हो ।’

शीतलनिवासमा सिटौलाको चर्चा

यसैवीच कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आइतबार संविधानसभामा बोल्ने क्रममा राष्ट्रपतिलाई दिएको. ‘धम्की’ का विषयमा पनि शीतलनिवासमा चर्चा भएको स्रोतले बताएको छ ।

सिटौलाले भनेको कुरा राष्ट्रपतिलाई विभिन्न व्यक्तिले फोन गरेर सूचित गरेको भन्दै स्रोतले अनलाइनखबरसँग भन्यो- ‘उहाँ (राष्ट्रपति)ले अभिभावकको हैसियतले सबैपक्षलाई मिल्नोस् भन्नु उहाँको कर्तव्य हो, तर, कहिल्यै पनि संविधानसभाले बनाएको संविधानलाई स्वीकार गर्दिन भन्नुभएकै छैन, सिटौलाले संविधानसभामा किन त्यस्तो बोल्नुभयो, थाहा भएन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?