+
+
Shares

इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ८:३०

४ चैत, काठमाडौं । इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले गरेको दुईवटा आक्रमणमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका पुष्टि गरेको छ ।

इजरायली वायु सेनाले बेरूतका तीनवटा अपार्टमेन्ट भवनहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ले जनाएको छ ।

‘अल जजिरा’का अनुसार इजरायली सेनाले सैदा जिल्लाको अल अकिब्या सहरमा पनि आक्रमण गरेको छ । यो आक्रमण नजिकैको कनगरित सहरमा भएको अर्को आक्रमणको केही समयपछि भएको बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?