
३ असोज, राजविराज । नयाँ संविधानमा आफ्ना माग सम्वोधन नभएको भन्दै आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा तोडफोड गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएकाहरुले राजविराजस्थित प्रजिअ निवासमा ढुंगामुढा गरेका छन् ।
यसैगरी सिराहामा पनि विरोध प्रदर्शन भैरहेको छ । सिराहाका प्रदर्शनकारीले सभासद सितादेवी यादवको घरमा आगजनी गरेका छन् । यादव नेपाली कांग्रेसकी सभासद हुन् ।
मोर्चाका कार्यकर्ताहरुले पर्साको वीरगञ्जमा कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4