+
+
Shares

प्रचण्डलाई बाबुरामको जवाफ-माया छ भन्दैमा लाशलाई अंगालो हालिन्न

१८ असोज, बुटवल । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादीलाई लाशसँग तुलना गरेका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले आफूले पनि एमाओवादी परित्याग गरेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १६:१५

Baburam-Bhattarai

कपिल ज्ञवाली
१८ असोज, बुटवल । एमाओवादीलाई भत्किएको घर, रातो स्टीकर टाँसेको घर भन्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लाशको संज्ञा दिएका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले आफूले पनि एमाओवादी परित्याग गरेको उनले बताए ।

सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने, ‘माया छ भन्दैमा कसैले पनि मरेको लाशलाई अंगालोमा हालेर बस्न त सक्दैन नि ?’

उनले एमावादी पार्टी र सो पार्टीका नेताहरुप्रति कुनै आग्रह-पूर्वाग्रह नरहेको स्पष्ट पनि पारे ।

नयाँ शक्ति आर्थिक एजेण्डामा केन्द्रित

उनले सरकारले मधेस र थरुहट लगायतका माग उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए ।

उनले अब आफूले बनाउने नयाँ शक्ति आर्थिक एजेन्डामा केन्दि्रत हुने जानकारी पनि गराए । मुलुकको बिकास आर्थिक समृद्धि बिना हुनै नसक्ने उनको भनाइ थियो । त्यसैले नयाँ शक्तिको पहिलो प्राथमिकता मुलुकलाई तीब्ररुपमा आर्थिक समृद्धिको बाटोमा लैजाने र मुलुकको मुहार फेर्ने उनले प्रष्ट्याए ।

भट्टराईले भने, ‘मुलुकको नयाँ आवश्यकताको महसुस गरेर नै मैले एमाओवादी परित्याग गरेको हुँ, अब पुरानो शैली हैन, नयाँ ढंगले अघि बढ्नेछु ।’

पुँजीवादको जगमा टेकेर समाजवाद प्राप्तिलाई लक्ष्य बनाएर अघि बढ्ने उनको भनाइ छ ।

भट्टराईले विभिन्न दलका नेता-कार्यकर्ता, उद्योगी-व्यवसायी र सरोकारवाला सबैसँग एक चरणको छलफल र सल्लाहपछि नयाँ राजनीतिक शक्ति घोषणा गर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?