+
+
Shares

विक्रमबाबा पूजा ५ चैतदेखि

हरेक वर्ष चैतेदशैंको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुवात गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो ।

रासस रासस
२०८२ चैत ३ गते १२:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको विक्रमबाबा पूजाको तयारी चैत ५ देखि १९ गतेसम्म गर्ने गरी सुरु गरिएको छ।
  • भरतपुर महानगरपालिका–२३ को संयोजनमा पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनीकक्ष निर्माण र स्वास्थ्य समिति गठन गरिएको छ।
  • पूजा स्थलमा छ लाखभन्दा बढी भक्तजन आउने अनुमान छ र सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले समन्वयमा गर्नेछन्।

३ चैत, चितवन । हरेक वर्ष चैतेदशैंको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुवात गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।

भरतपुर महानगरपालिका–२३ संरक्षक रहनेगरी मेलाको व्यवस्थापन गर्न लागिएको हो । वडाध्यक्ष दीपक दवाडीका अनुसार पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनीकक्ष व्यवस्थापन, स्वास्थ्य समिति गठन गरेर काम गरिएको छ । उनले भने, “अहिले पूजा गर्ने मन्दिर सरसफाइ, सडक मर्मत र सरसफाइलगायतका काम भइरहेको छ ।

पूजा व्यवस्थापनका लागि केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीको संयोजकत्वमा काम सुरु गरिएको छ । यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति सदस्य रहने व्यवस्था गरिएको छ । यस्तै, निकुञ्ज, नेपाली सेना, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।

सामुदायिक वन क्षेत्रमा २५० वटा प्रदर्शनीकक्ष निर्माण गरी वितरण गरिने उनले बताए । सरसफाइ, खानेपानी, हेल्प डेक्स, दमकल एम्बुलेन्स र पानीट्याङ्कीको व्यवस्था गरिने छ । विगत वर्षलाई हेर्दा यस वर्ष पनि छ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । पूजा गर्नका लागि बिहान ६ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निकुञ्जमा प्रवेश खुला गरिनेछ भने निकुञ्ज बाहिर मेला बिहान ५ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म सञ्चालन गरिने छ ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा गरिने छ । पुलमा भक्तजनहरूको भीड नियन्त्रणका लागि नगरप्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?