+
+
Shares

रवि–बालेनलाई अभिमुखीकरणमा सहभागी गराउने प्रयास हुँदैछ : उपसभापति अर्याल

‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
  • उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको स्वास्थ्य र कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित गराउन नसकेको बताए।
  • अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरू सहभागी छन्।

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरदेखि अभिमुखीकरण कार्यक्रम चलिरहेको हो । कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित भएका छैनन् ।

उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्ने क्रममा उपसभापति अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।

‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं ।’

रास्वपाको अभिमुखीकरण भोलिसम्म चल्नेछ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरू सहभागी छन् । अभिमुखीकरणमा सभापति लामिछानेले समापन सम्बोधन गर्ने कार्यतालिका छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?