+
+
Shares

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

आवसीय हुने उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सांसदहरूको लागि २ र ३ चैतमा ललितपुरको होटल रोयल टुलिपमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नेछ।
  • पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई ७ बुँदे निर्देशन जारी गर्दै कार्यक्रम स्थलमा मोबाइल फोन प्रयोग निषेध हुने जानकारी दिनुभयो।
  • कार्यक्रममा सहभागी सांसदहरूले परिवारका सदस्य वा अन्य पाहुनासँग भेटघाट र फोटो खिच्न पाउने छैनन् र अन्य व्यक्तिलाई होटलमा बोलाउन पनि निषेध गरिएको छ।

२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन् ।

आवसीय हुने उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन् ।

‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ उनले जारी गरेको सूचनाको दोस्रो नम्बरमा उल्लेख छ ।

त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ । परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने छैनन् ।

यस्तो छ रास्वपाको सूचना 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?