+
+
Shares

कांग्रेस बैठकमा शेखरले संविधान संशाेधन नभई नाकाबन्दी खुल्दैन भनेपछि….

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १३:५५

Congress-Meeting

२० असोज, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीबारे बोल्नुपर्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा खैलाबैला मच्चिएको छ ।

आगामी सरकारको नेतृत्व र १३ औं महाधिवेशनको मिति तय गर्न बुधबार बोलाइएको बैठकमा नेताहरुले नाकाबन्दीबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।

सरकारले दुई बुँदे संविधान संशोधन प्रस्ताव अघि सोरको छ । त्यो पास गराउनुस्, नाकाबन्दी भोलि नै खुल्छ-शेखर कोइराला

केन्द्रीय सदस्य गगन थापाले नाकाबन्दी भएको हो कि होइन निष्कर्ष निकाल्नु पर्ने र नाकाबन्दी भएको भए त्यसको निन्दा गर्नुपर्ने प्रंस्ताव राखे । लगत्तै अर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा. रामशरण महतले भारतले अघोषित नाकाबन्दी गरेको आशयको विज्ञप्तिको ड्राफ्ट तयार पारे । उपसभापति रामचन्द्र पौडेलले नाकाबन्दी निन्दनीय भएको शब्दहरु थप्न लगाए ।

तर, अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारका प्रवक्ता, भारतका लागि नेपाली राजदूतदेखि राष्ट्रसंघ महासभामा गएका उपप्रधानमन्त्रीले नाकाबन्दी होइन भनेको तर सरकारको नेतृत्व गरेको पार्टीले नाकाबन्दी गरेको भन्दा के हुन्छ भन्दै व्यंग्य गरे ।

त्यसपछि बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला कडा रुपमा प्रस्तुत भएको एक नेताले बताए । धेरैले उनको प्रस्तुती अवस्भाविक मानेको नेताहरु बताउँछन् ।

कोइरालाले ‘तपाईंहरुले कांग्रेस डुबाउँदै हुनुहुन्छ, बुद्धि छैन’ भन्दै विरोध गरेका थिए । उनले भने-‘सरकारले दुई बुँदे संविधान संशोधन प्रस्ताव अघि सोरको छ । त्यो पास गराउनुस् नाकाबन्दी भोलि नै खुल्छ ।’

दूतहरुले भनेको सुन्नु भएको छैन भन्दै उनले संविधान संशोधन नभएसम्म नाकाबन्दी खुल्दैन भनेपछि बैठकमा सन्नाटा छाएको थियो ।

केन्द्रीय सदस्य गगन थापाले भने त्यसको प्रतिवाद गरे । ‘संविधान संशोधन गर्नुपर्छ, मधेसका माग सम्वोधन गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर, यो दूतहरुले भनेर होइन’ उनले बैठकमा भने ।

‘यदि दूतहरुले भनेकै आधारमा संविधान संशोधन गर्ने हो भने पार्टीको केही बाँकी रहँदैन’ भन्दै गगन थापाले प्रतिवाद गरेको एक नेताले बताए ।

थापाले मधेसको समस्या आन्तरिक विवाद भएकाले त्यसलाई सम्वोधन गर्न संविधान संसोधन गर्नुपर्ने र तर, कसैको चित्त बुझाउनका लागि भने गर्न नहुने बताएका थिए ।

देउवाको रोजे मध्यमार्गीबाट 

पार्टीको निर्णयमा नाकाबन्दी लेख्ने की नलेख्ने भन्नेमा कांग्रेस नेताहरुबीच चर्काचर्की भएपछि बरिष्ठ नेता शेरबहादुर देउवाले मध्यमार्गी विकल्प अघि सारे ।

उनले नाका खोल्नुपर्‍यो भन्ने विज्ञप्ति तयार पार्ने बताएपछि पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला ‘हुन्छ-हुन्छ’ भन्दै उठेका थिए ।

बैठकपछि जारी विज्ञप्तिमा तराई मधेसमा भइरहेको आन्दोलन र विगत ‘२ सातादेखि भारतीय नाकाहरुमा भइरहेका व्यापारिक एवं पारवहन अवरोधको कारण देशभरिको जनजीवन थप कष्टकर भएको छ’ भनिएको छ ।

नाकाबन्दी भन्ने शब्द प्रयोग नगरी कांग्रेसले भनेको छ-नेपाल भारत बीच सदियौँदेखि चलिआएको सुमधुर सम्बन्ध, आपसी मित्रता र सद्भावना, दुई देश बीचको व्यापार/पारवहन सन्धि एवं प्रचलित अन्तर्राष्ट्रिय मूल्य, मान्यता समेतलाई ध्यानमा राखी सिमानाका व्यापारिक नाकाहरु निर्वाध रुपमा खोली यस दुःखद एवं असामान्य परिस्थिति समाप्त गर्न भारत सरकारसँग कुटनीतिक एवं अन्य उपायहरु मार्फत आवश्यक पहल गर्न नेपाल सरकार समक्ष कार्यसमितिको यो बैठक माग गर्दछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?