+
+
Shares

घटस्थापनादेखि नै कोजाग्रत पूणिर्मासम्म दसैं बिदा !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते ६:३८

Dashain
२१ असोज, काठमाडौं । नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०ं) बन्द हुनेछन् ।

यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।

न्यायालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म ६ दिन बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूणिर्माका दिन पुनः बिदा दिइँदै आएको थियो । यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?