Comments Add Comment

आन्तरिक पर्यटकलाई हरियो प्लेटका गाडी चढ्न नरोक्न माग

१९ भदौ, काठमाडौं । ट्रेकिङ एजेण्टस् एशोसियशन अफ नेपाल (टान) ले आन्तरिक पर्यटकहरुले हरियो प्लेटका गाडी चढ्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

Tourist-Busटानका प्रतिनिधीले आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई भेटेर सरकारले यो वर्षलाई घुमफिर वर्षको रुपमा मनाउने निर्णय गरेको अवस्थामा आन्तरिक पर्यटकले पनि हरियो प्लेटका सवारीसाधन चढ्न पाउने व्यवस्था गरिनुपर्ने माग गरेका हुन् ।

टानका अध्यक्ष चन्द्र रिजालले आन्तरिक पर्यटकलाई हरियो प्लेटका सवारीसाधनको प्रयोगमा रोक लगाएर घुमफिर वर्ष सफल हुन नसक्ने बताए ।

जवाफमा पर्यटनमन्त्री शाहीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आफूले मन्त्रालयका अधिकारीहरुसँग बुझेर आवश्यक निर्णय लिने बताए ।

उनले नेपाल वायु सेवा निगमको अवस्था सुधारका लागि जहाज खरिद् गर्न आवश्यक रहेको बताउँदा संचार माध्यमले त्यसलाई जहाज खरिद् गर्ने भनी बंग्याएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै आफू अहिले ठोस जवाफ दिने पक्षमा नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment