+
+
Shares

धुम्रपानबाट मृत्यु हुनेको संख्या वार्षिक ८० लाख !

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ४ गते ११:४५

churot४ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ ।

सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै गुणा उच्च छ, जुन विश्व स्वास्थ्य संगठनले सन् २०१३-१४ मा जम्मा २६९ विलियन अमेरिकी डलर रहेको आंकलन गरेको थियो ।

विश्व स्वास्थ्य संगठन र नेशनल क्यान्सर इन्टिच्यूटले गत मंगलबार प्रकाशित गरेको अध्ययनले न्युन तथा मध्य आयस्रोत भएका देशहरुमा सन् २०३० सम्ममा धुम्रपानबाट मृत्यु हुनेको संख्या वार्षिक ६० लाखबाट बढेर ८० लाख पुग्ने अनुमान गरेको हो ।

विश्वको कुल जनसंख्यामध्य धुम्रपान गर्ने करिब ८० प्रतिशत जनसंख्या न्युन तथा मध्य आयस्तर भएका देशहरुमा बस्ने गर्छन्, र विश्वस्तरमा धुम्रपान गर्ने जनसंख्यामा कमी आएपनि धुम्रपानकर्ताहरुको संख्यामा भने वृद्धि हुादै गएको अध्ययनले जनाएको छ ।

विज्ञहरुका अनुसार सुर्तीजन्य पदार्थको प्रयोग विश्वमा रोकथाम गर्न सकिने मृत्युको ठूलो कारकमध्यको एक हो ।

‘वर्षेनी दश खर्ब अमेरिकी डलर बराबरको रकम स्वास्थ्य उपचारमा खर्च हुनु र उत्पादकत्व घट्नुमा यो उत्तिकै जिम्मेवार छ’, ७० भन्दा बढी स्वास्थ्य विशेषज्ञहरु सम्मेलित सामुहिक समीक्षात्मक अध्ययनमा भनिएको छ ।

सुर्तीजन्य पदार्थले हुने आर्थिक खर्च वृद्धि हुने क्रममा छ । यद्यपी सरकारले सुर्तीजन्य पदार्थको प्रयोग तथा मृत्युदर घटाउन आवश्यक उपाय अपनाए पनि धेरैजसो उपकरणको प्रभावकारी प्रयोग भएको पाइएको छैन’, ६८८ पन्ना लामो रिपोर्टमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?