+
+
Shares

संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते ८:३६

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो ।

बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

आजै नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । शपथ लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

आजको बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन् । उनको शपथको समय पनि तोकिसकिएको छ ।

रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषणा गरेको थियो । रास्वपा र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?