+
+
Shares

रास्वपालाई बधाइ दिँदै गगनले भने- संविधान र विद्रोहको मर्म अनुसार काम गर्ने शुभेच्छा छ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १४:००

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुविधाजनक ढंगबाट ५ वर्षका लागि सरकार सञ्चालन गर्ने म्यान्डेट प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाइ एवं शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले रास्वपा र नेतृत्वलाई बधाइ दिएका हुन् ।

साथै, उनले संविधान र नौजवानहरूको विद्रोहको मर्म अनुसार काम गर्ने कुरामा शुभेच्छा पनि प्रकट गरे ।

‘यो निर्वाचनबाट सुविधाजनक ढंगबाट ५ वर्षको निम्ति सरकार सञ्चालन गर्ने जुन म्यान्डेट प्राप्त भएको छ म पार्टी र व्यक्तिगत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वलाई बधाई दिन चाहन्छु,’ थापाले भने, ‘संविधानको मर्म र भावना अनुसार, नौजवानहरूको विद्रोहको मर्म अनुसार उहाँहरूले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्नुहुन्छ भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?